Madhes Khabar
राजनीति

शपथपछि उपेन्द्र यादवले भने : सरकारमा बाँकी मन्त्री छिट्टै पठाउँछौं

काठमाडौं,१९बैशाख : बारा– २ बाट उपनिर्वाचनमा निर्वाचित प्रतिनिधीसभा सदस्य एंव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारमा आफनो पार्टीबाट बाँकी मन्त्री छिट्टै पठाउने बताएका छन् ।

मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेबाट सांसद पद तथा गोपनियताको शपथ लिएलगत्तै सन्चारकर्मीसंग कुरा गर्दै यादवले यस्तो बताएका हुन् ।

मुलुकलाई अघि बढाउनका लागि सरकारको स्थायीत्व आवश्यक भएको र सरकारले पूर्ण कार्यकाल काम गर्नुपर्ने उनले बताए। उनले जसपाबाट चाँडै नै सरकारमा बाँकी रहेको मन्त्री पठाउने पनि बताए ।अध्यक्ष यादवले पार्टीको तर्फबाट सरकारमा को जाने भनेर छिट्टै निर्णय गर्ने पनि बताए । सरकारमा आफैं जाने कि अरुलाई पठाउने भनेर पत्रकारले सोधेको प्रश्नमा यादवले भने, ‘सरकारमा जान बाँकी मन्त्रीहरु चाँडै फुलफिल हुन्छ । को जाने भनेर पार्टीले निर्णय गर्छ ।’

दलहरूबीच राष्ट्रिय समझदारी बनाएर मुलुकलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउनुपर्ने उनको भनाइ छ।
सांसद यादवले संसदीय समितिलाई क्रियाशिल बनाएर संसदलाई गतिशिल बनाउनुपर्ने धारणा राखे। यादव बैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट बिजयी भएका थिए।

 

Related posts

संघीयता आएपछि जनताले आफ्नै गाँउठाँउमा स्वास्थ्य र शिक्षा पाउन थालेका छन् : पूर्वप्रधानमन्त्री देउवा

MadhesKhabar

३ क्षेत्रमा अड्कियो एमाले–जसपा सहमति

MadhesKhabar

जसपा नेपाल पर्सागढीको सम्पूर्ण कमिटी जसपामा प्रवेश,उपमहासचिव यादवले गरे स्वागत

MadhesKhabar

Leave a Comment