Madhes Khabar
राजनीति

जसपा नेपाल पर्सागढीको सम्पूर्ण कमिटी जसपामा प्रवेश,उपमहासचिव यादवले गरे स्वागत

वीरगन्ज ,१६ भदौ:पर्सा जिल्लालको पर्सागढी नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट मेयर पदका प्रत्याशी सुरज कुमार मानन्धरसहित सम्पूर्ण कमिटीले जसपा नेपाल परित्याग गरेका छन् ।उनिहरु जसपा नेपाल परित्याग गर्दै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्।

जसपा नेपाल त्याग गर्दै जसपा प्रवेश गर्नेहरूमा सुरज कुमार मानन्धरसँगै पर्सागढी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर कमिटी अध्यक्ष खुर्सिद आलम, वडाध्यक्षका प्रत्याशी मदन चौधरी थारु, वडाध्यक्ष प्रत्याशी एवं पूर्व वडाध्यक्ष जयनारायण चौधरी, पूर्व वडाध्यक्षहरू रामजी साह र किशुन देव प्रसाद यादव, भूषण यादव लगायतका रहेका छन् ।

आइतबार काठमाडौंमा आयाेजित कार्यक्रममा नव प्रवेशीहरूलाई खानेपानी मन्त्री तथा जसपाका उपमहासचिव प्रदीप यादव, पूर्व मन्त्री इस्तियाक राई, पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य एवं निवर्तमान वडाध्यक्ष असलम आलम, वडा नम्बर ९ का वडाध्यक्ष रामबढाइ यादव लगायतले पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश गर्दै उनिहरूले जसपाको नयाँ नेतृत्वलाई समर्थन गर्दै पार्टीलाई अझ सशक्त बनाउने र पर्सा जिल्लाको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

जसपा प्रवेश गर्दै सुरज कुमार मानन्धरले भने, ‘हाम्रो यो कदमले पर्सागढी नगरपालिकाको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ । हामी जनता समाजवादी पार्टीलाई अझ बलियो बनाउन र जनताको सेवामा निरन्तर क्रियाशील रहन प्रतिबद्ध छौँ ।’

Related posts

जसपा र लोसपाको सहयोग खोज्दै सिके राउत: चुनावी सहकार्यको प्रस्ताव

MadhesKhabar

पर्साका सांसद प्रदीप यादव स्वास्थ्यमन्त्री बन्दै, आजै साँझ ६ बजे शपथ लिने तयारी

MadhesKhabar

आफुले भनेको बजेट नदिए मन्त्रालयमै अनशन बस्ने बाराका सांसद यादवको चेतावनी

MadhesKhabar

Leave a Comment