Madhes Khabar
राजनीति

आफुले भनेको बजेट नदिए मन्त्रालयमै अनशन बस्ने बाराका सांसद यादवको चेतावनी

मधेसखबर
वीरगन्ज,२७जेठः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको टेबुल ठटाएर चर्चामा आएका बाराको निर्वाचन क्षेत्र ३ का जसपा सांसद रामबाबु यादवले आफूले दिएको र मधेस प्रदेशका अन्य योजनामा बजेट नदिए मन्त्रालयमै अनशन बस्ने चेतावनी दिएका छन् ।
बिहीबार मन्त्री श्रेष्ठको टेबुल ठटाएका सांसद यादवले शुक्रबार सन्चारकर्मीसंग कुरा गर्दै मधेस प्रदेशका अन्य योजनामा बजेट नदिए मन्त्रालयमै अनशन बस्ने चेतावनी दिएका हुन् ।
यादवले भने ,‘ योजना र बजेट जति सबै मन्त्रीको क्षेत्रमा मात्रै जान्छ , सांसदको कुरा मन्त्रीले टेर्दै टेर्दैनन् , म पनि जनताको प्रतिनिधी हु , बाराका जनताको लागि मन्त्रीसँग मात्रै नभएर राज्यको जुनसुकै शक्तिसँत लड्न तथा संघर्ष गर्न तयार छु ।
उनले असार ३ गतेसम्मको अल्टिमेटम मन्त्री श्रेष्ठलाइ दिइसकेको भन्दै त्यसपछि पनि प्रवृत्ति सच्चिएन भने मन्त्रालयमै अनशन बस्ने बताए । सांसद यादवले भने ,‘राज्यले मधेशका जनतालाइ करदाता, मतदाता र अन्नदाता मात्रै ठानेको् छ , विकास र बजेट सबै पहाडमा लग्छ , तर अब यो विभेद म हुन दिन्न ।
आाफनो निर्वाचन क्षेत्रका लागि चार वटा योजना माग गरेर मन्त्रालयमा चार महिना पहिले नै पत्र दर्ता गराइ सकेको र अहिले नयाँ बजेटमा एउटा पनि योजना नपरेको गुनासो उनले गरे । यस बारे बिहीबार मन्त्री श्रेष्ठकै कार्यकक्षमा पुगेर जवाफ माग्दा मन्त्री श्रेष्ठले जवाफ नदिइ पन्छिन खोजेपछि आफुले टेबुल ठटाएर मन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए ।
संघीय मामिला मन्त्रालयले प्रदेश १ मा १ हजार २ सय सिंचाई, कृषि सडक, र झुलुङ्गे पुलको योजना दिएको तर मधेस प्रदेशमा नदिएको गुनासो उनको छ ।
उनले मन्त्रालय किन पूर्वाग्रही भएको भनेर प्रश्न गर्दा मन्त्री श्रेष्ठले जवाफ दिनुको साटो ढाँट्न तथा उठेर भाग्न खोजेको आरोप लगाए । उनले भने, ‘ मन्त्रीले जनताको कुरा सुन्नुपर्छ भनेर जनताको आक्रोश पोख्दा चर्का चर्की भएको हो ।
८ जिल्ला भएको मधेश प्रदेशमा ४० वटा मात्रै योजना अनि एउटा मन्त्रीको क्षेत्रमा १२८ वटा योजना राखिएको उनको दावी छ ।

Related posts

पर्सामा उपेन्द्र यादवको जसपा नेपाललाई झट्का,सबै भातृ संगठन नवगठित जसपामा समाहित

MadhesKhabar

महङगी विरुद्ध वीरगन्जमा राप्रपाद्धारा थाल ठटाएर जुलुश प्रदर्शन

MadhesKhabar

वीरगन्जमा राजवादीहरुद्वारा केपी ओलीको पुत्ला दहन

MadhesKhabar

Leave a Comment