Madhes Khabar
राजनीति

महङगी विरुद्ध वीरगन्जमा राप्रपाद्धारा थाल ठटाएर जुलुश प्रदर्शन

मधेसखबर
वीरगन्ज,११ साउन : बढ्दो महङगी विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वीरगन्जमा पनि थाल ठटाएर जुलुश प्रदर्शन गरेको छ ।

राप्रपाको आन्दोलन परिचालन समिति पर्साले वीरगन्जमा बुधबार थाल ठटाएर विरोध जुलुश प्रदर्शन गरेको हो ।
रानीघाट स्थित राप्रपाको पार्टी कार्यालयबाट निस्किएको जुलुशमा सहभागीहरुले थाल ठटाउदै दैनिक उपभोग्य वस्तुमा भइरहेको निरन्तरको मुल्यवृद्धि र सरकार विरुद्ध नारा लगाएका थिए ।

जुलुश घण्टाघर , माइस्थान , आदर्शनगर , घडीअर्वा हुदै पुन घण्टाघरमा फर्किएर कोणसभामा परिणत भएको थियो । कोणसभालाइ राप्रपाको आन्दोलन परिचालन समिति पर्साका अध्यक्ष नगीना यादव , राप्रपा पर्साका अध्ध्यक्ष सुमेश्वरनाथ उपाध्याय लगायतका नेताले सम्बोधन गरेका थिए ।

राप्रपा पर्साकी वरिष्ठ उपाध्यक्ष शान्ति देवी खड्काको अध्यक्षतामा भएको प्रदर्शन र कोणसभामा राप्रपाकी नेतउ वीण जयसवाल लगायतकाो पनि सहभागीता रहेको थियो ।

Related posts

सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईंले भेटे

MadhesKhabar

पर्सा २ का गाँउ गाँउमा काँग्रेस प्रवेश गर्नेहरुको लर्को

MadhesKhabar

देश ‘टाइटनिक जहाज’ डुबे जस्तै डुब्दैछः सिके राउत

MadhesKhabar

Leave a Comment