Madhes Khabar
राजनीति

मधेस प्रदेश प्रमुख मिश्र पदमुक्त,भण्डारीकाे नाम सिफारिस

हरिशंकर मिश्र।फाइल तस्बिर

काठमाडौं,२८फाल्गुन:सरकारले मधेस,गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्काे बैठकले मधेससहित तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

अहिले मधेस प्रदेशकाे प्रदेश प्रमुखमा हरिशंकर मिश्र,गण्डकी पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रदेश प्रमुख छन्।

रिक्त हुने पदहरूमा मधेस प्रदेशका लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको शर्माले बताइन्।

Related posts

आउँदो चुनावबाट रास्वपाको एकल सरकार बन्छ , प्रधानमन्त्री पनि बन्छ : रवि लामिछाने

MadhesKhabar

जनयुद्धकालदेखि नै माओवादीमा आबद्द पर्साका नेताहरुले छाडे प्रचण्डको साथ

MadhesKhabar

विपी स्मृति दिवसका दिन पर्सामा कांग्रेसले १५ हजार विरुवा रोप्ने

MadhesKhabar

Leave a Comment