Madhes Khabar
राजनीति हेडलाइन

जनयुद्धकालदेखि नै माओवादीमा आबद्द पर्साका नेताहरुले छाडे प्रचण्डको साथ

वीरगन्ज,१९मंसिर:पर्सा जिल्लामा पनि जनयुद्धका देखि माओवादीमा सकृय रहदैं पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिदैं आएका सात जना नेताले उनकाे साथ छाेडेका छन्।
नेकपा माओवादी केन्द्रकाे विभिन्न जिम्मेवारी सम्हाल्दै आएका पर्साका सात जना नेताहरुले प्रचण्डको साथ छाड्दै जनार्दन शर्मा नेतृत्वको प्रगतीशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गरेका छन्।
माओेवादी परित्याग गरी प्रलोपामा प्रवेश गर्नेहरुमा नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, माओवादी केन्द्र पर्सा क्षेत्र नंवर २ का क्षेत्रीय इञ्चार्ज अमिताभ बच्चन दास,माओवादी केन्द्रका युवा नेता सन्तोषराज घिमिरे, पूर्व क्षेत्रीय संयोजक सुनिल रौनियार, कालिकामाई गाउँपालिकाका पूर्व नेता दिनेश प्रसाद यादव, युवा नेता फणिन्द्र प्रसाद गुप्ता र अखिल क्रान्तिकारीकाे केन्द्रिय लेखा आयोगका उपाध्यक्ष गायत्री सिंह रहेका छन्।
शुक्रबार वीरगन्जस्थित नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलन गरेर सातै जना नेताले पुष्पकमल दाहाल प्रचण्डप्रति असन्तुष्टि व्यक्त गरे।उनिहरुले कम्युनिष्ट सिद्धान्तको रक्षा गर्न प्रचण्ड असफल भएको आरोपपनि लगाए।
उनीहरूले जनवादी केन्द्रीयताको नाममा पुरानै पुस्तालाई निरन्तर अघि सार्दै प्रचण्ड र माधव नेपालले नेपाली कम्युनिषणट पार्टीलाई ‘वृद्ध क्लब’ बनाएको तथा विभिन्न पार्टीहरूसँग अनावश्यक एकता गरेर संगठन कमजोर बनाइरहेका कारणले प्रचण्ड नेतृत्वप्रति विश्वास गुमाउँदै आफूहरूले पार्टी एकता गरेर बनेकाे नेपाली कम्युनिष्ट पार्टी अस्विकार गरेका वताए ।
उनिहरूले आजकै मितिदेखि जनयुद्धका कमाण्डर जनार्दन शर्मा र पूर्व प्रधानमन्त्री समेत रहेका डाक्टर   बाबुराम भट्टराई रहेको प्रगतीशिल लोकतान्त्रिक पार्टीमा लाग्ने घोषणापनि गरे । साथै, नि:शुल्क शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन, सामाजिक न्याय, संघीयता र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै वर्गीय मुक्तिसँग जोडिएको नेपाली समाजवाद निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि उनिहरुले व्यक्त गरे।

Related posts

दाइजोमा कार नदिएकै कारण पिंकीलाइ पापीहरुले मारे

MadhesKhabar

सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा

MadhesKhabar

पर्सामा १ सय ५० भन्दा बढी भुमीहीनले लालपुर्जा पाउने

MadhesKhabar

Leave a Comment