
फाइल फोटो
काठमाडौं,२२माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आउँदो आम निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुतमतको सरकार बनाउने दाबी गरेका छन् ।
सरकारबाट बाहिरिने पार्टीको निर्णयबारे जानकारी दिन आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने ,‘ आउदो चुनावबाट रास्वपाको सरकार बनाउछ ,आउदो चुनावमा रास्वपाको गृहमन्त्री मात्र होइन प्रधानमन्त्री नै बन्छ ।
उनले थपे,‘ अब आफुलाई पासपोर्टको प्रकरणमा मलाई जेल हाल्ने योजना बनाइन्छ होला तर म स्पष्ट भन्छु म जेल परेपनि , म बहुलाए पनि , म मरे पनि राष्टिय स्वतन्त्र पार्टी चल्छ ।

