Madhes Khabar
मधेस प्रदेश हेडलाइन

फास्ट ट्रयाकको डिपीआर संशोधन : लागत र समय घट्यो

काठमाडौं, ३१ साउन : काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को डिपीआर संशोधन भएको छ । लागत समय र लागत मुल्य घटनेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिएाका छन् ।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले काठमाडौं–तराई मधेस द्रुतमार्गको डिपीआर संशोधन गरेको हो । ‘करिव २ अर्ब २ करोड लागत मुल्य र निर्माणको समयपनि घट्नेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको छ’,मन्त्री ज्वालाले भने, ‘सुरुङ मार्ग थपिदा सडकको लम्वाई घट्यो र मुल्य दुवै घट्यो ।’ काठमाडौं–मधेस लाइफ लाइनका रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको ब्यवस्थापनमा निर्माण कार्य भइरहेको छ ।

२०७४ साल बैशाख २१ देखि निर्माण कार्य सुरु गरिएको काठमाडौं तराई मधेस द्रुत मार्ग हालसम्म २५.५४ प्रतिशत मात्र प्रगति भएको छ । २०८३ साल चैत्र मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टी जनाएका थिए।

द्रुतमार्गको काम द्रुत गतिमा हुनुपर्ने हो तर प्रगति हेर्दा आशावादी छैन’ नेपाली सेनाका अधिकारीहरुसँग मन्त्री ज्वालाको भनाई थियो ।

डिपीआर संशोधन भएपनि लागत मुल्य पनि घट्ने भएको छ । २ खर्व १३ अर्ब ९ करोड ५३ लाखको लागत रहेकोमा संशोधनपछि २ खर्व ११ अर्ब ९ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ । केही सुरुङ, केही ग्यालरी सुरुङ बन्ने भएका छन् ।साभार : अन्नपूर्णपोष्ट

Related posts

राैतहटमा सुटकेसभित्र महिलाकाे शव भेटियाे

MadhesKhabar

बाबाधामको विकल्प बन्दै गरेको ‘भाठा धाम’ लाई पर्सा जिल्लाकै मन्त्री र सांसदहरुले गरे उपेक्षा

MadhesKhabar

लोक आस्थाको पर्व छठ आजदेखि विधिवत रुपमा सुरु

MadhesKhabar

Leave a Comment