Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

डेट एक्सपायर ‘बडवाइजर’ बियर वीरगन्जको बजारमा छ्याप–छ्याप्ती

वीरगन्ज,१७ कार्तिक : वीरगन्जको बजारमा म्याद गुज्रिएको (खान अयोग्य ) बडवाइजर बियर बिक्री वितरण भइरहेको भेटिएको छ ।

गत मंगलबार वीरगन्जको लिंकरोडमा अवस्थित साजन स्टोर्सबाट एक ग्राहकले खरिद गरेको दुई बोत्तल बडवाइजर बियर खान अयोग्य अर्थात सेवन गर्ने समयअवधी गुज्रिएको अवस्थामा भेटिएपछि बजारमा डेट एक्सपायर बडवाइजर बियर बिक्री विततरण भइरहेको खुलासा भएको हो ।

वीरगन्जका दुर्गा साहले साजन स्टोर्सबाट खरिद गरि सेवनका लागि ल्याएको दवै बोत्तलमा उत्पादक कम्पनिले टाँसेको स्टिकरमा उक्त बियरको उत्पादन मिति सन् २०२३ मार्च ५ तारिख (२०७९ फागुन २१ ) उल्लेख छ । यस्तै सेवन गरिसक्नु पर्ने अधिकतम मिति भने सन् २०२३ सेप्टेम्बर १ तारिख अर्थात (२०८० भदौं १५ गते ) लेखिएको छ ।

यसअनुसार उक्त बियर डेट एक्सपायर भएको २ महिना बितिसक्दापनि बजारमा निर्वाध रुपमा बिक्रवितरण भइरहेको छ । म्याद गुज्रिएर खान अयोग्य भइसकेको बियर बजारका मदीरा पसलहरुमा निर्वाध बिक्रीवितरण गरेर बडवाइजर बियर उत्पादक कम्पनि र उसका अधिकृत बिक्रेता (डिलर) ले उपभोक्ताको स्वास्थ्यसंग गम्भिर खेलवाड गरिरहेका छन् ।

बियर किनेका साहले भने,‘ थोकमा सस्तो पाइन्छ भनेर साजन स्टोर्सबाट ८ सय तिरेर दुई बोत्तल बियर लिएर आए । तर खाने बेलामा बोत्तलको लेबलमा आँखा परर्यो । हेर्दा त एक्सपायर डेट नै दुई महिना पो बितिसकेको रहेछ ।

मंगलबार डेट एक्सपायर बडवाइजर बियर खरिद गरिएको पसल साजन स्टोर्सका सञ्चालक साजन सोनीले भने भूलवश आँफुले ग्राहकलाई डेट एक्सपायर बियर ग्राहकलाई बेच्न पुगेको बताए । उनले बडवाइजर बियरको वीरगन्जस्थित अधिकृत बिक्रेताबाटपनि लापरवाही भएको बताए ।बडवाइज बियरको वीरगन्जमा अधिकृत बिक्रेता (डिलर) वीरगन्ज ४ विर्तास्थित शीखर ट्रेडर्स हो ।

सोनीले भने,‘ मैले दुई तीन महिना अघि शीखर ट्रेडर्सबाट बडवाइजर बियर थोकमा उठाएको थियो । त्योबला उत्पादन र सेवन अवधिको डेट (मिति) हेर्न भुलेछु ।’

वीरगन्जमा बडवाइजर बियरको आपुर्ति गर्ने एक मात्र अधिकृत बिक्रेता शीखर ट्रेडर्सका सञ्चालक रन्जित श्रेष्ठलाई यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनिसंग सम्पर्क नै हुन सकेन । उनको मोबाइल नम्बरमा पटक पटक सम्पर्क गर्दापनि उनले फोन नै उठाएनन् ।

अमेरिकी कम्पनिको बडवाइजर बियर नेपलमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रीले उत्पादन गरि राज ब्रुअरी प्रालि नवलपरासीबाट रिबोटलीङ गरेर नेपाली बजारमा बिक्री गर्दै आएको छ ।बडवाइजर विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने बियर हो भने अमेरिकामा पनि सबैभन्दा बढी बिक्री हुने बियरमा सबैभन्दा अगाडि छ ।

आजभन्दा १४८ वर्षअघि सन् १८७६ मा अमेरिकामा स्थापना भएको एनहाइजर बुस इनबेभ कम्पनीले यो बियरको उत्पादन गर्दछ । तत्कालीन समयमा यसलाई किङ अफ बियरका नामले चिनिन्थ्यो ।

उपभोक्ता हित संरक्षण ऐनमा तोकिएको म्याद गुज्रिएको सामान बजारमा बिक्री गर्न नपाउने उल्लेख छ। यदि कसैले म्याद गुज्रिएको सामान बिक्री गरेमा उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही हुने व्यवस्था छ ।उपभोक्तालाई ठगी गर्ने, म्याद गुज्रिएको सामान झुक्याएर बेच्ने गरेमा २ लाख देखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्ने उक्त ऐनमा उल्लेख छ ।

Related posts

बारामा एक बृद्धकाे घाँटी रेटेर हत्या

MadhesKhabar

वीरगन्ज महानगरले ६ महिनामा उठायाे २३ कराेड भन्दा बढि राजश्व

MadhesKhabar

पर्सा -बाराका पालिकाले विधुतको करोडौं महसुल तिर्न बाँकी, ४५ दिनमा नतिरे लाइन काट्ने चेतावनी

MadhesKhabar

Leave a Comment