Madhes Khabar
राजनीति

प्रधानमन्त्री ओली समक्ष खानेपानी मन्त्री यादवले प्रस्तुत गरे मन्त्रालयको भावी योजना

काठमाडौं,२६पुुस:खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो मन्त्रालयकाे आफ्नो वर्तमान अवस्था तथा भावी कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा शुक्रबार खानेपानी मन्त्री यादवले आफ्नो देश दौडाहा, मन्त्रालयक कार्यहरु लगायतका बिषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् ।खानेपानी मन्त्री यादव तथा मन्त्रालयका पदाधिकारी सहितको टोलीले प्रधानमन्त्री ओलीलाई आफ्ना कामहरुबारे जानकारी गराएकाे हाे।

बिषेशगरि खानेपानीका क्षेत्रमा बजेट अभावका कारण योजनाहरु अलपत्र पर्न नदिन प्रधानमन्त्री ओलीसँग पहल गरिएको मन्त्रालय स्रोतले जनाएको छ।बाढीपहिरोबाट प्रभावित क्षेत्रका लागि पुनर्स्थापना र सुधारका कार्य तीव्र गतिमा आघि बढाएको, दीर्घकालीन विकास लक्ष्य अनुसार खानेपानी र सरसफाइ सेवा विस्तार गर्न मन्त्रालयको प्रतिबद्धता अनुसार बजेटको चुनौतीका बीच पनि परिवर्तनको यात्रा जारी रहेको लगायतका बिषयहरु प्रधानमन्त्री ओलीलाई अवगत गराइएको हो।

 

कार्यक्रममा मेलम्ची आयोजना पुनः सञ्चालनमा ल्याउने, बाढी प्रभावित क्षेत्रमा अस्थायी पानी सेवा उपलब्ध गराउने, २५ करोड लिटर पानी प्रशोधन केन्द्र निर्माणको तयारी, काठमाण्डौ उपत्यकामा दैनिक १३ करोड लिटर खानेपानी उपलब्ध गराउन सिस्नेरी खानेपानी आयोजनाको डीपिआरको कार्य अगाडि बढाइएको तथा मेलम्चि खानेपानी योजनाबारे ब्रिफिङ लगायतका दर्जनौं बिषयहरुमा प्रधानमन्त्री ओलीकाे ध्यानाकर्षण गराइएको थियो ।

Related posts

हार्ने डरले अत्तालिएका दलालहरुले जातियताको कुरा उठाइरहेका छन् : उपेन्द्र यादव

MadhesKhabar

शेर बहादुर देउवा दूरदर्शी नेता हुन् : कांग्रेस प्रवक्ता महत

MadhesKhabar

बारामा काँग्रेसका चार जनाले उम्मेदवारी फिर्ता लिए

MadhesKhabar

Leave a Comment