Madhes Khabar
राजनीति

संघीयता आएपछि जनताले आफ्नै गाँउठाँउमा स्वास्थ्य र शिक्षा पाउन थालेका छन् : पूर्वप्रधानमन्त्री देउवा

वीरगन्ज,०८असाेज:नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक संघीय व्यस्थामा गएपछि यता स्वास्थ र शिक्षामा नागरिककाे सहज पहुँच पुगेकाे बताएका छन्।मंगलबार पर्साकाे पटेर्वा सुगाैली-४ मा नवनिर्मित आधारभूत अस्पतालकाे उद्घाटन कार्यक्रममा बाेल्दै पूर्वप्रधानमन्त्री देउवाले मुलुक संघीय संरचनामा गएपछि जनताले आफ्नै गाँउठाँउमा स्वास्थ र शिक्षाकाे सुविधा पाउन थालेकाे बताए ।

उनले शिक्षा र स्वास्थ्य अतिआवश्यक कुरा भएकाे बताए।पछिल्लो समय स्वास्थ्य र शिक्षामा नेपाल आत्मनिर्भर बन्ने अभियानमा अगाडि बढिरहेकाे भन्दै देउवाले भने,`सरकारलेपनि यी दुवै क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेकाे छ।´

पटेर्वा सुगाैली गाँउपालिकाका अध्यक्ष दिनेश चाैधरीकाे अध्यक्षता तथा पूर्वप्रधानमन्त्री देउवाकाे प्रमुख आतिथ्यतामा भएकाे उद्घाटन कार्यक्रममा संघीय सरकारका कानुनमन्त्री अजय चाैरसिया,पूर्व उद्योगमन्त्री रमेश रिजाल, मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्री ,कांग्रेस केन्द्रीय सदस्य अनिल रुंगटा,पूर्व केन्द्रीय सदस्य सुरेन्द्र चाैधरी,प्रदेशसभा सदस्य श्याम पटेल,शंकर चाैधरी,वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम लगायतकाेपनि सहभागीता थियाे।

Related posts

जेनजी आन्दोलनपछि वीरगन्जमा जनमत पार्टीको क्रेज बढ्दै गएको अध्यक्ष सर्राफको दाबी

MadhesKhabar

अनेरास्ववियुको वीरगन्ज महानगर अध्यक्षमा आशिफ अहमद

MadhesKhabar

बारा-२ मा राजेन्द्र महताे चुनाव लड्ने चर्चाले उपेन्द्र यादव तनावमा

MadhesKhabar

Leave a Comment