Madhes Khabar
राजनीति

जेनजी आन्दोलनपछि वीरगन्जमा जनमत पार्टीको क्रेज बढ्दै गएको अध्यक्ष सर्राफको दाबी

वीरगन्ज,४ असोजःवीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा शनिबार जनमत पार्टीले आयोजना गरेको कार्यक्रममा दुई दर्जन बढी व्याक्तिहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिएका छन् ।

जनमत पार्टी पर्साद्वारा सञ्चालित भेटघाट तथा जनसंवाद कार्यक्रम अन्तर्गत शनिबार नगवाको कंकड टोलमा स्थानीय अगुवा शंकर महतोको नेतृत्वमा दुई दर्जन व्याक्तिहरु जनमत पार्टीमा प्रवेश गरेको अध्यक्ष सर्राफले दाबी गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष सर्राफले जेनजी पुस्ताको एजेन्डा जनमत पार्टीले पहिलेदेखि नै बोकेर हिडेको बताए ।प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र दलिय सेन्डिकेट तोडेर प्रतिस्पर्धाको आधारमा संवैधानिक नियुक्तिहरु हुन पर्ने,भ्रष्टाचार अन्त्य हुनुपर्ने लगायतका एजेन्डा जनमत पार्टीकोपनि रहेको उनले बताए ।जेनजीको आन्दोलनपछि जनमत पार्टीप्रतिको क्रेज अझ बढ्दै गएको दबाीपनि उनले गरे ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्यहरु विद्यालाल प्रसाद, रम्भा मिश्रा,श्याम शंकर चौरसिया, प्रदेशसदस्य शिव यादव ,राजनरायण मिश्र, भुपेन्द्र साह, महानगर अध्यक्ष महादेव शर्मा, क्षेत्रीय अध्यक्षहरु गगन देव यादव , डा.मनोज सरार्फ, नेताहरू निरन्जन कुशवाहा,किरण चौरसिया, मनोज पन्डित,हिरालाल राम,देवराज सरार्फ लगायतकाकोपनि सहभागीता रहेको थियो।

Related posts

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतकाे आदेश

MadhesKhabar

कांग्रेस बाराका सभापति राजेश राय यादवमाथि कारबाही गर्न उम्मेदवार भैयारामको माग

MadhesKhabar

नयाँ मन्त्रीहरु :स्वास्थ्यमा मिश्र,सञ्चारमा खरेल,उद्योगमा सिन्हा,शिक्षामा पुन र कृषिमा परियारकाे नाम सिफारिस

MadhesKhabar

Leave a Comment