Madhes Khabar
राजनीति

नयाँ मन्त्रीहरु :स्वास्थ्यमा मिश्र,सञ्चारमा खरेल,उद्योगमा सिन्हा,शिक्षामा पुन र कृषिमा परियारकाे नाम सिफारिस

काठमाडौं,५असाेज:अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार ५ जना मन्त्री थप गर्दै मन्त्रीपरिषद विस्तार गरेकी छन् ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. संगीता काैशल मिश्र,सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रीमा अनिलकुमार सिन्हा,शिक्षा ,विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुन र कृषिमन्त्रीमा मदन परियारकाे नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे ।

स्वास्थ्यमन्त्री बन्ने भएपछिल स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रले आइतबार मात्रै राजीनामा दिएकी थिइन् ।

यस्तै सञ्चारमन्त्रीमा सिफारिस खरेल इमेज टिभीका समाचार प्रमुख थिए ।दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हालाई दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्रीमा सिफारिस गरिएकाे हाे ।

आइतबार सिफारिस गरिएका पाँचै जनाले साेमबार मन्त्री पदकाे शपथ लिने भएका छन्।

प्रधानमन्त्री कार्कीले यसअघि गृहमन्त्रीमा ओमप्रकाश अर्याल,अर्थमन्त्रीमा रामेश्वर खनाल र उर्जामन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरिसकेकी छन्।

Related posts

समानुपातिकमा शेखर समुहलाई सम्मानजनक हिस्सा दिन देउवा तयार

MadhesKhabar

राप्रपामा प्रवेश गर्ने रविन्द्र मिश्रको तयारी, लिङ्देन सरहको अध्यक्षको प्रस्ताव

MadhesKhabar

महङ्गी रोक्न सरकारसंग राप्रपाको माग

MadhesKhabar

Leave a Comment