Madhes Khabar
राजनीति

वीरगन्ज १ मा काँग्रेस उम्मेदवार ओम्मीको चुनावी घरदैलो

वीरगन्ज, २२ बैशाख :वीरगन्ज महानगरपालिका वडा नम्बर १ मा पनि नेपाली काँग्रेसले चुनावी घरदैलो र भेटघाट कार्यक्रमलाइ तिब्रता दिएको छ ।
वडा नम्बर १ मा काँग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमप्रकाश गुप्ता (ओम्मी) ले बिहीबार पनि नेता कार्यकर्ताहरुको साथमा चित्रगुप्त नगरमा हरेक मतदाताको घरमा पुगेर घरदैलो कार्यक्रम गरेका हुन् ।
त्यसक्रममा वडा अध्यक्षका उम्मेदवार गुप्ताले काँग्रेसका उम्मेदवारलाइ मत दिएर जिताउन आग्रह गरे ।
विगतमा आफु वडा सदस्य रहेका बेला आफुले वडा नम्बर १ का जनताको हरेक सुखदुखमा साथ दिएको स्मरण गराउदै उनले वडा अध्यक्षमा निर्वाचित भएको खण्डमा वडाको विकास र समृद्धि आफनो पहिलो प्राथमिकतामा रहने प्रतिबद्धता जनाए ।
बिहीबारको घरदैलो कार्यक्रममा काँग्रेसका पुर्वनगरसभापति भोला प्रसाद कलवार , बुथ सभापति विजय सहनी , वडा सदस्यका उम्मेदवार कन्हैया साह कानु , नूरआलम मिया मन्सरी , महिला सदस्य रितादेवी कलवारीन् , दलित महिला सदस्य शीव कुमारी देवी तत्वाको पनि सहभागीता रहेको थियो ।

Related posts

ठाकुरराम क्याम्पसको स्ववियु सभापतिका लागि १४ जना उम्मेदवार

MadhesKhabar

उपेन्द्र यादवको दाबी : अब पार्टी फुट्ने पालो माओवादीको

MadhesKhabar

असोजको पहिलो सातादेखि काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण हुन्छ : खानेपानी मन्त्री यादव 

MadhesKhabar

Leave a Comment