Madhes Khabar
राजनीति

चौतर्फी आलोचना भएपछि ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा

काठमाडौं,२३पुसः संघीय सरकारका ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन्।बुधबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटार पुगेर घिसिङनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्र बुझाएपछि घिसिङलाई प्रधानमन्त्री कार्कीले खादा लगाएर मन्त्री घिसिङको बिदाइ गरेकी थिइन्। त्यसपछि उनले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आँफुले राजीनामा दिनुको कारण र आगामी यात्रा बारे जानकारी गराएका थिए ।

जेनजी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।

विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराएका घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमति गरी एकता गरेका थिए ।

गैरदलीय सरकारको मन्त्री पदमा रहेकै दौरान घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै राजीनामा दिनुपर्ने आवाज उठको थियो ।

सामाजिक सञ्जाल र जनस्तरमा मन्त्रीहरूको राजनीतिक गतिविधिमाथि प्रश्न उठेपछि सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले राजीनामा दिन भनेकी थिइन् ।

Related posts

२८ वर्ष काँग्रेसको राजनीति गरेका वीरगन्जका नेता साह जसपा प्रवेश

MadhesKhabar

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन वीरगन्जमा भेटघाट कार्यक्रम सम्पन्न

MadhesKhabar

जनमत पार्टी विचार र सिद्धान्तविहीनहरुको जमात हाे : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment