Madhes Khabar
राजनीति हेडलाइन

नवनियुक्त मुख्यमन्त्री सिंहको राजनीतिक यात्रा : पार्टी फेर्दै पालिका अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

वीरगन्ज,२५जेष्ठः मधेस प्रदेशको तेश्रो मुख्यमन्त्रीमा नियुक्त जनमत पार्टीका प्रदेश सांसद सतिशकुमार सिंह सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ तिलाठीका स्थायी बासिन्दा हुन् ।२०७९ को निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र नम्बर २(१) बाट प्रदेशका तात्कालीन अर्थमन्त्री जसपाका उम्मेदवार शैलेन्द्रप्रसाद साहलाई पराजित गर्दे प्रदेशसभा सदस्यमा सिंह चुनिए । सिंहले १६ हजार ७ सय ३४ मत प्राप्त गरेका थिए । सप्तरी–२ जनमत अध्यक्ष सीके राउत निर्वाचित भएको क्षेत्रसमेत हो ।

सिंह ०७९ सालकै स्थानीय तहको निर्वाचनमा भने राजपाबाट तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार भई पराजित भएका थिए ।सिंहा बुवा शेखरकुमार सिंह राष्ट्रियसभा सदस्य छन् । तत्कालीन राजपा (अहिलेको लोसपा) बाट शेखर राष्ट्रियसभा सदस्य चुनिएका हुन् ।

२०५२÷५३ सालमा राजविराजस्थित राजदेवी माध्यमिक विद्यालयमा अध्ययन गरिरहेकै बेला सिंहले तात्कालीन सदभावना पार्टीको विद्यार्थी संगठन विद्यार्थी मञ्चको सदस्यता लिएका थिए । अध्ययनका लागि उनी सन् २००१ देखि २००४ सम्म भारतको झारखण्डको राँची गएपछि नेपालमा उनको राजनीतिक यात्रामा विराम लागेको थियो ।

दोस्रो संविधानसभाको निर्वाचनपूर्व उनी शरतसिंह भण्डारीको नेतृत्वमा रहेको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरेर जिल्ला अध्यक्ष भएका थिए । मधेशकेन्द्रित ६ वटा दल मिलेर राजपा गठन भएपछि सिंह उक्त पार्टीको पनि जिल्ला अध्यक्ष भए ।

राजपाबाट उनी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा २०७४ को स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार भएका थिए । त्यो निर्वाचनमा उनी पालिका अध्यक्षमा निर्वाचित भएका थिए । पाँच वर्षसम्म तिलाठी कोइलाडी गाउँपालिका हाँकेका सिंह २०७९ सालको स्थानीय तहको निर्वाचनमा पुनः राजपाबाटै पालिका अध्यक्षमा उम्मेदवार भए ।तर पालिका अध्यक्षमा उनले दास्रो पटकको यात्रा अगाडि बढाउन सकेनन् । कांग्रेसका अरुणकुमार मण्डलबाट उनी पराजित भएका थिए । त्यसपछि उनी २०७९ भदौमा सीके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका थिए ।

सतिशका परिवार पुरानो धनीमानी परिवार भएको स्थानीय बताउँछन् । अहिले पनि गाउँमा उनको परिवारको दबदबा छ । गाउँका सर्वसाधारणले उनको परिवारको सदस्यलाई ‘मालिक’ भनेर सम्बोधन गर्छन् ।

 

Related posts

पाेखरियामा नेविसंघको नगर समिति गठन

MadhesKhabar

जगरनाथपुर गाँउपालिकाले किराना पसलबाट किन्याे खाेप

MadhesKhabar

वीरगन्जलाइ हरित शहर बनाउन वृक्षारोपण अभियान शुरु

MadhesKhabar

Leave a Comment