
काठमाडौं,२३पुसःनेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता महन्थ ठाकुरलाई समर्थन गर्ने भएका छन् ।
लोसपा र जसपा नेपालबीच १४ पुसमा एकता गर्ने निर्णय भएको थियो । दुवै दलबीच एकता भएपछि जसपा नेपालले ठाकुरलाई उम्मेदवार बनाएको र उनलाई राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेकाका कारणले कांग्रेस, एमाले र जसप नेपालले समर्थन गरेका हुन् । जसपा नेपालसँग एकता हुनुअघि ठाकुर लोसपाका अध्यक्ष थिए।
राष्ट्रिय सभामा कांग्रेस, एमाले र जसपा नेपालबीच तालमेल भएको छ ।राष्ट्रिय सभाका १८ सिटमध्ये नेपाली कांग्रेसलाई ९, नेकपा एमालेलाई ८ र जसपा नेपाललाई १ सिट भागबन्डा भएको छ।सहमति बमोजिम कांग्रेस र एमालेले पनि उम्मेदवार चयन गरिसकेका छन् ।

