वीरगन्ज ,२असोज : पर्साकाे ठाेरी गाँउपालिका वडा नम्बर २ स्थित गणेशमान पार्कमा नेपाली कांग्रेसका संस्थापक एंव २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर स्वर्गीय गणेशमान सिंहको २६ औँ स्मृति दिवस मनाइएको छ ।
त्यसअवसरमा गणेशमान पार्कमै अवस्थित स्व. गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको थियो।नेपाली कांग्रेस ठोरीले आयोजना गरेको कार्यक्रममा कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा शुभचिन्तहरु उपस्थित भई नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व. गणेशमान सिंहले राणाकालदेखि राजतन्त्रसम्म निडरका साथ लडेर महत्वपूर्ण भूमिका खेलेको योगदानका चर्चा गरेका थिए ।
कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठको अध्यक्षतामा कार्यक्रममा कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा गणेशमान स्मृति प्रतिष्ठान ठोरीका अध्यक्ष प्रकाश खनाल,कांग्रेसका क्षेत्रीय सभापति जीवन कृष्ण सापकोटा ,जिल्ला सदस्य होममाया थापा,मधेस प्रदेश अधिवेशन प्रतिनिधि डबलबहादुर मगर,वडासदस्य भगवती धिताल,केशरबहादुर भण्डारी,नेपाली काँग्रेस ठोरीका उप सभापति केदार देउजा,सचिव भक्तबहादुर श्रेष्ठ ,वडासभापतिहरु देवीप्रसाद पराजुली,रुद्र बहादुर खड्का ,बिमल खड्का ,बिपी स्मृति प्रतिष्ठान ठोरीका अध्यक्ष श्यामहरी शर्मा लगायतकाे सहभागीता थियाे ।
प्रजातान्त्रिक आन्दोलनका प्रणेता स्वर्गीय गणेशमान सिंह प्रजातन्त्रको लडाइको क्रममा ठोरीबाटै पक्राउ परेका कारण पनि गणेशमान र ठोरीको विशेष महत्त्व रहेको वक्ताहरुले चर्चा गर्दै सिंहले प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदान र उनले नेपाली राजनीतिमा गरेको त्यागको चर्चा समेत गरेका थिए।
कार्यक्रममा जलपानको व्यवस्था ठोरी २ स्थायी घर भइ हाल अमेरिका बस्दै आएका प्रजातान्त्रिक सेनानी परिवारका सदस्य तथा कांग्रेस युवा नेता रवि सिंह बस्नेतले गरेका थिए ।