Madhes Khabar
राजनीति

जंगलमा दाउरा लिन गएका पर्सागढीका हृदेश मृत अवस्थामा भेटिए

सांकेतिक फोटो ।

प्रमोद यादव
पर्सा,२१पुसःपर्साको राष्ट्रिय वनमा दाउरा लिन गएका एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ हरदासपुरका ४५ वर्षीय हृदेश पटेल जंगलमा मृत भेटिएका हुन्।

परिवारका सदस्यका अनुसार, पटेल शनिबार बिहान खाना खाएर दाउरा लिनका लागि घरबाट जंगल गएका थिए । उनको मृत्यु कुन कारणले भएको हो भन्ने बारेमा अहिलेसम्म खुलेको छैन्।

पटेलको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाईएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

बारा–३ मा रास्वपा उम्मेदवार अरविन्दकाे घरदैलो: टाँगिया बस्तीका समस्या समाधान गर्ने प्रतिबद्धता

MadhesKhabar

स्वतन्त्र उम्मेद्वार रुपेशमान प्रति मतदाताको समर्थन बढ्दै

MadhesKhabar

पर्सा ४ मा रमेश रिजाललाई अत्याधिक मतले जिताउने ठोरीका माओवादी नेता कार्यकर्ताहरुको उद्घोष

MadhesKhabar

Leave a Comment