
मधेसखबर
वीरगन्ज, १६ कार्तिक : पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई वीरगन्ज महानगरपालिका वडा नम्वर ३ का मतदाताले विजयको शुभकामना दिएका छन् ।
छपकैयाँको विभिन्न टोलमा बुधबार बिहान घरदैलोमा पुगेका सिंहलाई मतदाताले आशिर्वाद दिँदै जित निश्चित भएको भन्दै अग्रिम शुभकामना दिएका हुन् ।अन्य पार्टीमा आवद्ध रहे पनि यस पटक भने स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउनु पर्ने भन्दै मतदाताहरु एक जुट भएर घरदैलो गर्दै हिँडेका छन् ।यस अघि जितेर गएका प्रतिनिधिले सपना मात्रै देखाएको भन्दै मतदाताहरुले अब कुनै पनि दल नहेरी स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्ने बताए ।
घरदैलोमा पुगेका सिंहलाई नेपाली कांग्रेस, एमाले, जसपा लगायत विभिन्न पार्टीमा आबद्ध रहेका नेता कार्यकर्ताले स्वागत गर्दै यस पटक पार्टीभन्दा माथी उठेर स्वतन्त्र उम्मेद्वार सिंहलाई मतदान गर्ने बताए ।घरदैलो अभियानमा अग्रज, महिला, बुद्धिजिवी, युवा लगायतको सहभागिता रहेको थियो ।

