Madhes Khabar
राजनीति

पार्टीलाई हराउन लागेको भन्दै बसरुद्धिनलाई एमालेले सोध्यो स्पष्टिकरण

मधेसखबर
वीरगन्ज, २९ कार्तिक : नेकपा एमालेले पार्टीका मधेस प्रदेश कमिटि सदस्य बसरुद्धिन अन्सारीलाई एमाले–जसपाका उम्मेदवार विरुद्ध प्रचार प्रसार गरेको आरोपमा स्पष्टिकरण सोधेको छ ।

एमालेको मधेस प्रदेश कमिटीले अन्सारी एमाले–जसपाका अधिकारीक उम्मेदवारको विरोधमा प्रचार प्रसार लगायतका गतिविधि गरेको आरोपमा मधेस प्रदेश कमिटिसंग स्पष्टिकरण सोधेको हो ।

एमाले प्रदेश कमिटि अध्यक्ष रामअवतार यादवले मङगलबार अन्सारीलाई सोधेको स्पष्टिकरण पत्रमा भनिएको छ ,‘ पार्टीको एक जिम्मेवार व्याक्तिबाट पार्टीकै उम्मेदवार विरुद्ध लाग्नु के उचित हो ?वास्तविकता के हो ? यसको जवाफ दुई दिन भित्र पेश गर्नु होला ।
अध्यक्ष यादवका अनुसार ४८ घण्टा भित्रमा स्पष्टिकरणको जवाफ नआएको खण्डमा अन्सारी विरुद्ध आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईनेछ ।

एमाले नेता अन्सारी आफ्नो पार्टीका उम्मेदवारलाई नभई आफ्नो सामुदायको व्यतिmलाई निर्वाचित गराउने गरी प्रचार प्रसारमा हिडेको आरोप छ ।

उनी विगत एक महिना देखि पर्सा १ मा एमाले–जसपा गठबन्धनका अधिकारिक उम्मेदवारहरुका विरुद्धमा प्रचार प्रसार गर्दै आएको एमालेकै नेता कार्यकर्ताहरुको आरोप छ ।

Related posts

सरकारमा आउनुअघि कमाउनु पाप होइन,सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो : गृहमन्त्री गुरुङ

MadhesKhabar

पर्साबाट जसपाले गरेको उम्मेदवार सिफारिसमा को को परे ?

MadhesKhabar

संविधान दिवसमा वीरगन्जमा जसपाले शहिदको शालीकमा माल्यापर्ण कार्यक्रम गर्ने

MadhesKhabar

Leave a Comment