Madhes Khabar
राजनीति

सरकारमा आउनुअघि कमाउनु पाप होइन,सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो : गृहमन्त्री गुरुङ

काठमाडौं,३०चैतः गृहमन्त्री सुधन गुरुङले आफू सरकारमा आउनुअघि कमाएको सम्पत्ति कुनै ‘पाप’ नभएको टिप्पणी गरेका छन् ।
आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहितका सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको थियो । उनीहरूको सम्पत्ति विवरणमा खासगरी सुन, चाँदी लगायतका गरगहनाबारे सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

आलोचना बढ्दै गएपछि गृहमन्त्री गुरुङले आफ्नो अफिसियल इन्स्टाग्राममार्फत यस्तो टिप्पणी गरेका हुन् ।गुरुङले कुनै मान्छे गरिब भएर जन्मनु गल्ती नभएको भन्दै मृत्यु हुँदा गरिब भएर मर्नु चाहिँ गल्ती हुने बताएका छन् ।

‘तिमी जन्मिंदा गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो,’ गुरुङले इन्स्टाग्रामको स्टोरीमा एक स्टाटस राख्दै भनेका छन्, ‘सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो ।’ उनले ह्यासट्याग प्रयोग गर्दै ‘चेतना भया’ भनेर पनि लेखेका छन् ।

Related posts

चुनाव फागुन २१ मै हुनुपर्छ : पूर्वमुख्यमन्त्री सोनल

MadhesKhabar

जसपा आन्दोलनबाट बनेकाे पार्टी हाे, बिचाैलियाहरुले कब्जा गर्ने सपना नदेखे हुन्छ: यादव

MadhesKhabar

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको अठोट : जे गर्छु,त्यहि बोल्छु

MadhesKhabar

Leave a Comment