Madhes Khabar
राजनीति

बारामा यात्रुबाहक बसबाट चरेस र नगद रकमसहित वीरगन्जका बच्चु पक्राउ

वीरगन्ज,११असारःबाराको पथलैयाबाट लागू औषध चरेससहित एक व्याक्ति पक्राउ परेका छन् । एक किलो ९३३ ग्राम चरेससहित पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थायी घरभइ हाल बाराको जीतपुरसिमरा–६ सिदरीया टोलमा बस्ने ५६ वर्षीय बच्चु कुमार बुढाथोकी रहेका छन् ।

नारायणघाटबाट वीरगन्जतर्फ आउदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्रुबाहक बसलाई प्रहरीले पथलैयामा रोकेर चेक जाँच गर्दा सिटमा बुढाथोकीले राखेको झोलाबाट एक किलो ९३३ ग्राम चरेस बरामद भएको हो । उनको साथबाट नेपाली ६० हजार ५ सय र भारततीय ३९ हजार २ सय १७ रुपैयाँ नगदपनि बरामद भएको बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

 

Related posts

सत्तारुढ दलको भएपनि सरकारले मनलाग्दी गर्दा त्यसको पक्षमा ताली बजाउदैनौं : पूर्वमन्त्री यादव

MadhesKhabar

वीरगन्ज आउँदै कांग्रेस सभापति गगन थापा

MadhesKhabar

जेनजी पुस्तालाई साथ दिने भन्दै वीरगन्ज–२० का वडाध्यक्ष परागले छाडे एमाले

MadhesKhabar

Leave a Comment