Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्ज आउँदै कांग्रेस सभापति गगन थापा

वीरगन्ज,१४फागुनः नेपाली कांग्रेसका सभापति गगन थापा फागुन १६ गते वीरगन्ज आउने भएका छन् ।फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस पर्साले वीरगन्जमा फागुन १६ गते शनिबार आमसभा आयोजना गर्न लागेको र त्यहि आमसभालाई सम्बोधन गर्न कांग्रेस सभापति थापा वीरगन्ज आउन लागेका हुन् ।

फागुन १६ गते वीरगन्जको घण्टाघर छेउको बीपी उद्यानमा कांग्रेसले आमसभा गर्न लागेको कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले जानकारी दिए । उक्त आमसभामा कांग्रेस सभापति थापासंगै अन्य शीर्ष नेताहरुलेपनि सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

फागुन १६ को आमसभामा पर्साका चार वटै निर्वाचन क्षेत्रबाट कांग्रेस नेताकार्यकर्ता र समर्थकहरु उतारेर वीरगन्जमा कांग्रेसको शक्ति प्रदर्शन गर्ने तयारी नेपाली कांग्रेस पर्साको छ ।

Related posts

नेपाललाई विश्वकपमा पुर्याउन सफल कप्तान पूजालाई वीरगन्जका मेयर सिंहले गरे सम्मानित

MadhesKhabar

पानीको संकट समाधानका लागि वीरगन्जमा सर्वपक्षीय छलफल : सहकार्य र दीर्घकालीन समाधानमा जोड

MadhesKhabar

“सुख–दुःखको साथी बन्छु” भन्दै पाण्डेयको जनतासँग प्रत्यक्ष भेटघाट

MadhesKhabar

Leave a Comment