Madhes Khabar
समाचार हेडलाइन

“सुख–दुःखको साथी बन्छु” भन्दै पाण्डेयको जनतासँग प्रत्यक्ष भेटघाट


वीरगंज २,फागुन: पर्सा क्षेत्र नम्बर–३ अन्तर्गत सखुवापर्सौनी गाउँपालिका वडा नम्बर–५ महुवनमा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार रुपेश कुमार पाण्डेयले घरदैलो तथा मतदाता भेटघाट ,रात्रीसभा कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा उम्मेदवार पाण्डेयले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै आफू कृषक, युवा तथा व्यवसायीको समस्या समाधानमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “माछापालन, कुखुरा फार्म व्यवस्थापनदेखि सबै क्षेत्रको विकास मेरो प्राथमिकता हो। सुख–दुःखको साथी बनेर सधैं जनताको साथमा रहनेछु। यस क्षेत्रमा भएका विकास कार्य राम्रो छन्, अब बाँकी विकासलाई अझ तीव्र रुपमा अगाडि बढाउने इच्छा छ।”

पाण्डेयले प्रत्येक समस्याको समाधानका लागि आफू अग्रसर रहने र जनताको भरोसामा काम गर्ने पनि बताए।यसै अवसरमा पूर्वमन्त्री प्रमोद जैसवालले पनि उम्मेदवार पाण्डेयलाई पूर्ण रुपमा जनसमर्थन गर्न आग्रह गर्दै एमाले नेतृत्वमा मात्रै स्थायी विकास सम्भव हुने धारणा राखेका थिए।

स्थानीयवासीको उल्लेख्य सहभागितासहित रात्रीसभा कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

Related posts

तिलावे पुलको भत्किएको एप्रोच सडक मर्मतका लागि कांग्रेस र नेविसंघको पहल

MadhesKhabar

वीरगन्जलाई डुबानबाट जाेगाउन अतिक्रमण हटाएर मुख्य नालाकाे सरसफाइ गरिदैं

MadhesKhabar

गौ हत्या गर्नेलाई कारबाही नगरेको भन्दै वीरगन्जमा गृहमन्त्री विरुद्ध प्रदर्शन, ५ जना पक्राउ

MadhesKhabar

Leave a Comment