Madhes Khabar
राष्ट्रिय हेडलाइन

बाढीपीडितहरुकाे राहतका लागि वीरगन्ज हेल्थ केयर हस्पिटलले दियाे १० लाख रुपैयाँ 

वीरगन्ज,१२भदाैं: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको राहत तथा उद्धारका लागि वीरगन्ज-१४ स्थित वीरगन्ज हेल्थ केयर हस्पिटलले १० लाख रुपैयाँ सहयाेग गरेको छ।शुक्रबार अस्पतालका अध्यक्षडा. अबुल हैस अन्सारीले १० लाख रुपैयाँको चेक पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तलाई हस्तान्तरण गरेका हुन् ।

बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै हजाराैं परिवार प्रभावित भइरहेका बेला पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको डा. अन्सारीले बताए ।

विपद्को कठिन परिस्थितिमा एकअर्कालाई साथ दिनु नै सच्चा नेपालीपन र मानवताको परिचय भएको उल्लेख गर्दै उनले बाढी प्रभावित नागरिकको दुःखमा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।

“एक नेपालीको रूपमा आफ्नो देश र आफ्ना नागरिकप्रति सहयोग गर्नु हाम्रो कर्तव्य हो । विपद्को यस घडीमा सबैले आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढी प्रभावित नागरिकलाई सहयोग गर्न आवश्यक छ,” डा. अन्सारीले भने ।

उनले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी निकायसँगै निजी क्षेत्र, व्यवसायी, सामाजिक संघसंस्था तथा आम नागरिकले समेत हातेमालो गर्नुपर्नेमा जोड दिए ।

वीरगन्ज हेल्थ केयर अस्पतालले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहयोग गर्दै आएको जनाइएको छ ।

 

चेक हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष अन्सारी, अस्पतालका निर्देशक हासिम अन्सारी,प्रशासन प्रमुख भुमिका अधिकारी लगायत अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुकाे पनि उपस्थिति थियाे।

Related posts

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

MadhesKhabar

नेपाल र चीनबीच कुन–कुन विषयमा हस्ताक्षर भएका हुन् ?

MadhesKhabar

कलैया गाेलीकाण्ड अपडेट : गाेली लागेका प्रधानाध्यापक सर्राफकाे मृत्यु

MadhesKhabar

Leave a Comment