Madhes Khabar
राष्ट्रिय

नेपाल र चीनबीच कुन–कुन विषयमा हस्ताक्षर भएका हुन् ?

काठमाडौ,१८मंसिर: नेपाल र चीनबीच ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छयाङबीच ग्रेट हल अफ पिपलमा मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

दुई देशबीच व्यापार वृद्धिका लागि नेपालबाट भैंसीको मासु निर्यात गर्ने,टोखा–खहरे टनेल मार्ग निर्माण , चिनियाँ समाचार एजेन्सी सिन्हुवा र राष्ट्रिय समाचार समितिबीच सहकार्य, नेपालमा चाइनिज ल्याङ्ग्वेज विकास कार्यक्रम सञ्चालन, चीनले बसन्तपुर क्षेत्रमा पुनर्निर्माण गरेको संरचना हस्तान्तरण, चाइना मिडिया ग्रुप र नेपाल टेलिभिजनबीच सहकार्यलगायत विषयमा हस्ताक्षर भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा सोमबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ गएका थिए। चौथो पटक गत असारमा प्रधानमन्त्री बने यता एमाले अध्यक्ष ओलीको यो चीन भ्रमण राजनीतिक हिसाबले पहिलो हो ।

यसअघि प्रधानमन्त्रीको हैसियतमा ओली २०७३ र २०७५ मा चीन गएका थिए । असारमा प्रधानमन्त्री बनेयता भने प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क गएका थिए ।साभारःअन्नपूर्णपोष्ट

Related posts

नवनियुक्त मन्त्री यादवलाइ गृहनगर वीरगन्जमा भव्य स्वागत (फोटो फिचर)

MadhesKhabar

निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ७ बुँदे निर्देशन

MadhesKhabar

नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

MadhesKhabar

Leave a Comment