Madhes Khabar
स्थानिय हेडलाइन

कलैया गाेलीकाण्ड अपडेट : गाेली लागेका प्रधानाध्यापक सर्राफकाे मृत्यु

बारा,१३कार्तिक: बाराकाे कलैयामा साेमबार अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका प्राधानाध्यापक गुड्डु भनिने रुपेश सराफको उपचारका क्रममा मृत्यु भएको छ।सर्राफकाे वीरगन्जस्थित नेपाल मेडिसिटी बयाेभा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको बाराका डीएसपी दधिराम न्यौपानेले पुष्टि गरे।

सर्राफ बाराको कलैया उपमहानगरपालिका – ६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक हुन्।

सोमबार दिउँसो करिब साढे १२ बजेतिर प्रधानाध्यापक सर्राफमाथि गोली प्रहार भएको थियो। दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले सर्राफमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। स्कुलबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका सर्राफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो।

उनको छाती र पेटमा दुईवटा गोली लागेको थियो।

घाइते सर्राफलाई सुरूमा कलैयाकै प्रादेशिक अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटल ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

सर्राफलाई कसले र किन गाेली हानेकाे बारेमा अहिले सम्म खुल्न सकेकाे छैन। गाेली प्रहार गरी फरार भएकाहरुकाे खाेजी भइरहेकाे डिएसपी न्याेपानेले जानकारी दिए।

Related posts

पर्साका चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

MadhesKhabar

वीरगन्जमा हैजाका बिरामीहरु भेटिएपछि महानगरद्वारा रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन

MadhesKhabar

छपकैयामा ब्युटिसियन पुनमको हत्या लागु पदार्थका दुव्यर्सनी युवकले गरेको खुलासा

MadhesKhabar

Leave a Comment