Madhes Khabar
स्थानिय

पर्साको गादी खोलामा कज्वे पुल निर्माण सुरु,गाँउपालिका अध्यक्ष चौधरीले गरे शिलान्यास

वीरगन्ज,१२बैशाखः पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ चाफी गाँउको गादी खोलामा कज्वे पुल निर्माण गर्न थालिएको छ ।शुक्रबार गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले गादी खोलामा कज्वे पुलको शिलान्यास गरेका हुन् ।

गादी खोलामा २० लाख रुपैयाँको लागतमा कज्वे पुल निर्माण गर्न थालिएको गाँउपालिका अध्यक्ष चौधरीले जानकारी दिए । यहि बैशाख महिनाभित्रै उक्त कज्वे पुलको निर्माण कार्य सम्पन्न गरिने गरी निर्माण कम्पनिसंग सम्झौता गरिएकोपनि उनले बताए ।

गादी खोलामा कज्वे पुल नहुदाँ वर्षाका बेला बाढी आउँदा चाफी गाँउमा सडक आवागमन नै बन्द हुने गरेको थियो ।अब भने कज्वे पुल निर्माण भएपछि भने चाफी गाँउका २ हजार भन्दा बढी जनता लाभान्वित हुने गाँउपालिका उपाध्यक्ष ममता महत्तोले बताइन् ।

शुक्रबारको शिलान्यास कार्यक्रममा गाँउपालिका उपाध्यक्ष महत्तो, वडा नम्बर २ का वडाध्यक्ष विजय गैरे,वडा नम्बर ३ का वडाध्यक्ष महादेव राउत, चाफी गाँउका अगुवा, गाँउपालिकाका कर्मचारी लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

 

Related posts

महामारीमा संयमित भई सेवा प्रवाह गर्न वीरगन्ज महानगरका मेयर सिंहको निर्देशन

MadhesKhabar

जगरनाथपुरकाे शिक्षा शाखाका चौरसिया भ्रष्टाचारका १८ वटा मुद्दामा दोषी ठहर

MadhesKhabar

पटेर्वा सुगाैली गाँउपालिकामा आमरण अनशन बसेका युवक अस्पतालमा भर्ना

MadhesKhabar

Leave a Comment