Madhes Khabar
स्थानिय हेडलाइन

घणटघरकाे बत्ती चाेरी भएपछि मेयर सिंहले भने- मसंग कसैकाे रिस छ भने ममाथि नै उतारे हुन्छ

वीरगन्ज,१३असाेज: वीरगन्जको घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी भएको छ ।

वीरगञ्ज महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ति चोरी भएपछि मेयर राजेशमान सिंहले दुख व्यक्त गर्दै आफनो फेसबुक पेजमा लेखेका छन् -यसलाई के भन्ने, मसंग कसैको रिस छ भने म माथि उतार्ने हो ! वीरगन्जको सौर्न्दर्यसंग जुटेको कुरालाई तोडेर फ्याँक्नु कति सम्म उचित हो ?

वीरगन्ज महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ति देखेर रातीको समयमा सेल्फी खिच्नेहरुको संख्या बढेको थियो ।

वीरगन्ज महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले भने, सार्वजनिक सम्पत्तिमा सबैको अधिकार हुन्छ त्यसको संरक्षण गर्ने पनि सबैको दायित्य हो उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी हुनु दुखद कुरा हो ।´

घण्टाघरको नजिकै प्रहरी बिट भएपनि बत्ती चोरी हुनुले प्रहरीको सुरक्षामा गम्भीर लापरवाही भएको आम नागरिकको भनाई छ ।

Related posts

आँफुलाई पत्रकार बताउँदै बाराका व्यपारीहरुसंग रकम असुल्ने वीरगन्जका सर्राफ पक्राउ

MadhesKhabar

वीरगन्ज नाका ३ दिन बन्द रहने

MadhesKhabar

वीरगन्जमा आयोजित प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सप्तरी प्रथम

MadhesKhabar

Leave a Comment