Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज नाका ३ दिन बन्द रहने

वीरगन्ज,०६जेष्ठ :भारतको बिहारसंग सिमा जोडिएको वीरगन्जसहित पर्सा जिल्लाका सीमा नाकाहरु तीन दिनका लागि बन्द हुने भएको छ ।

भारतमा अहिले भइरहेको लोकसभा निर्वाचनका लागि वीरगन्जसहित पर्सा जिल्लाका सबै नाकाहरु जेष्ठ १० देखि जेष्ठ १२ गतेसम्म तीन दिनका लागि बन्द रहने जिल्ला प्रशासन काार्यालय पर्साले जनाएको छ ।
पर्सासंग खुल्ला सीमा जोडिएको बिहारको पश्चिमी चम्पारण जिल्लामा मे २५ तारिख अर्थात जेष्ठ १२ गते लोकसभाको निर्वाचन हुदैंछ।

पश्चिम चम्पारण जिल्लाको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले गरेको निर्णय अनुसार, मतदान हुनु ४८ घण्टादेखि भारतसंगको सीमा जोडिएका नेपालका नाकाहरु बन्द गर्ने सहमति भएको थियो ।

त्यहि सहमति अनुसार, भारतीय पक्षबाट गरिएको आग्रह अनुसार, बिहारको पश्चिम चम्पारण जिल्लासंग सीमा जोडिएको वीरगन्जसहित पर्सा जिल्लाका नाकाहरु जेष्ठ १० देखि जेष्ठ १२ गते बेलुकी ६ बजेसम्म बन्द गरिने पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

 

Related posts

नेपाल–भारत बिचको व्यपारमा सरकारले सहजीकरण नगरेको नीजी क्षेत्रको गुनासो

MadhesKhabar

खुल्ला स्थानमा शाैच गर्ने प्रवृत्ति निरुत्साहित गर्न महिलाहरुलाई जनचेतनामूलक कार्यक्रम

MadhesKhabar

नारायणी अस्पतालका नयाँ मेसु दासले आजदेखि कार्यभार सम्हाले, प्रभावित सेवाहरु अब सुचारु हुने

MadhesKhabar

Leave a Comment