Madhes Khabar
स्थानिय हेडलाइन

आँफुलाई पत्रकार बताउँदै बाराका व्यपारीहरुसंग रकम असुल्ने वीरगन्जका सर्राफ पक्राउ

जिप्रका बारा।

बारा,४ब‌ैशाख:बाराका व्यपारीहरुलाई धाकधम्की दिएर रकम असुल्ने वीरगन्जका एक व्याक्ति बारामा पक्राउ परेका छन्।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वठा नम्बर १० घडिअर्वा स्थायी घर भई हाल नगगवामा बस्ने ४५ वर्षीय विष्णु सर्राफ रहेका छन्।

सर्राफलाई बाराकाे प्रसाैनी गाँउपालिका वडा नम्बर ४ गण्डक चाेकबाट बिहीबार पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

प्रहरीका अनुसार, आँफुलाई पत्रकार बताउने सर्राफले बाराका व्यपारी र व्यवसायीहरुलाई धाक धम्की दिएर रकम असुल्दै आएका थिए।उक्त सुचनाकाे आधारमा खटिएको प्रहरीले सर्राफलाई प्रसाैनीकाे गण्डक चाेकबाट बिहीबार पक्राउ गरेकाे प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए।

सर्राफलाई जिल्ला प्रहरी कार्यालय बाराकाे हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

Related posts

वीरगंजमा यौनिक तथा अल्पसंख्यक समुदायका हक अधिकारे बारे अन्तरक्रिया सम्पन्न

MadhesKhabar

रास्वपाले मधेसलाई बुझ्ने काेशीस गरिरहेकाे छ : उपसभापति अर्याल

MadhesKhabar

वीरगन्ज बाल सुधारगृहबाट भागेका दुई बालकैदी भारतमा पक्राउ 

MadhesKhabar

Leave a Comment