Madhes Khabar
राजनीति हेडलाइन

जेनजी पुस्तालाई साथ दिने भन्दै वीरगन्ज–२० का वडाध्यक्ष परागले छाडे एमाले

वीरगन्ज,२२असोजःवीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा एमालेको साधरण सदस्यसमेत नरहने गरि राजिनामा दिएका छन्।यसअघि जेनजी आन्दोलनका क्रममा एमालेको वीरगन्ज महानगर उपाध्यक्ष पदबाट राजिनामा दिएको घोषणा गरेका परागले बुधबार भने एमालेको साधरण सदस्यबाटै राजिनामा दिएका हुन्।

बुधबार वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी पार्कमा भेला भएका जेनजी युवाहरुको भेलामा पुगेका वडाध्यक्ष परागले एमालेको साधरण सदस्यबाट राजिनामा दिएको घोषणा गरे।आँफुले असोज ६ गतेनै एमालेको साधरण सदस्यबाट राजिनामा दिईसकेको बताउँदै उनले भने,’त्यो कुरा मिडियामा आएको थिएन।त्यसैले आज त्यहि कुरा सार्वजनिक गरेको हु ।

सुशासन र परिवर्तनको चाहना राखेका नागरिक र जेजजी पुस्ताको माग भएको तर नेकपा एमालेको नेतृत्व सुध्रिने संकेत नदेखिएपछि त्यस्तो पार्टीमा आँफु बस्न नसक्ने निष्कर्ष निकालेर पार्टी परित्याग गरेको उनले बताए ।अब आँफु कुनै राजनीतिक दलमा आबद्ध नभएको बताउँदै उनले अहिलेको जेनजी पुस्ताको साथमा रहने बताए ।

यता नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माले भने एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष परागको राजिनामा बारे अनविज्ञ रहेको प्रतिक्रिया दिए।उनले भने,’लिखित रुपमा उहाँले राजिनामा दिनु भएको छैन।यसअघिपनि उहाँले सोसल मिडियाबाट महानगर उपाध्यक्षबाट राजिनामा दिएको सुनिएको थियो। आधिकारिक रुपमा पार्टीमा लिखित राजिनामा आयो भने हामी त्यसबारे केही सोच्छौ।

Related posts

भेडाहा खोलाबाट बालुवा तस्करी गर्ने तीन वटा ट्यक्टर प्रहरीको नियन्त्रणमा

MadhesKhabar

कलैयामा दिनदहाडै स्कुलका प्रधानाध्यापकमाथि गाेली प्रहार

MadhesKhabar

साढे १८ लाख खर्च गरेर घडीअर्वा छठघाटको सजावट

MadhesKhabar

Leave a Comment