Madhes Khabar
राजनीति

कांग्रेसको संगठन सुदृढिकरण अभियान : वीरगन्जको विर्तामा अगुवा नेता कार्यकर्ता भेला सम्पन्न

वीरगन्ज, १६ जेष्ठ : नेपाली कांग्रेसमा सुरु गरिएको रुपान्तरण र संगठन सुदृढिकरण अभियान अन्तर्गत मंगलबार वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्तामा अगुवा नेता कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ ।

वडा नम्बर ४ का वडा अध्ध्यक्ष एंव कांग्रेसका बुथ सभापति जगत साह कानुको अध्यक्षतामा आयोजित भेलाले पार्टीमा विगतमा भएका कमीकमजोरीलार्ई सच्याउदै नयाँ ढंगले अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका पूर्व क्षेत्रीय सभापति विजय सर्राफले जानकारी दिए ।

कांग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ताको अगुवाईमा भएको उक्त भेलामा कांगग्रेसका महाधिवेशन प्रतिनिधीहरु लक्ष्मीनाथ नेपाल , प्रकाश उपाध्ध्याय , मनोजा चौधरी ,पूर्व क्षेत्रीय सभापति विजय सर्राफ , क्षेत्रीय उपसभापति अनिल श्रीवास्तव , प्रदेशसभा क्षेत्रीय सभापति शैलेन्द्र उपाध्याय , महानगरसभापति मणिन्द्रलाल नेपाली , नेताहरु ग्यासुदिन ठकुराई , मिन्टु सिंह ,प्रिति सिंह, बुथ सभापति बाबुनन्द चौरसिया , शम्शाद अली लगायतका नेता कार्यकर्ताहरुकोपनि सहभागीता थियो ।

 

Related posts

जनमत पार्टीको घरदैलो तथा भेटघाट कार्यक्रम वीरगञ्ज–४ बिर्तामा सम्पन्न

MadhesKhabar

राष्ट्रपतिलाई धन्यवाद दिदैं उपेन्द्र यादवले भने : अब नागरिकता समस्या समाधान हुन्छ

MadhesKhabar

गृहमन्त्री श्रेष्ठले अपराधी र तस्करलाई संंरक्षण गरेको भन्दै नेविसंघ पर्साले माग्यो राजिनामा

MadhesKhabar

Leave a Comment