Madhes Khabar
राजनीति

पर्साको नगरपालिका र गाँउपालिकामा को को बने उम्मेदवार ?

वीरगन्ज महानगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा काँग्रेसबाट निवर्तमान वडा अध्यक्ष रामनगीना प्रसाद साह उम्मेदवारी दिन निर्वाचन कार्यलय जादै

माधुरी महत्तो
वीरगन्ज , १२ बैशाख
: पर्साको पोखरीयाको मेयरमा नेपाली काँग्रेसबाट निवर्तमान मेयर दिपनारायण रौनीयारले अन्नत टिकट पाएका छन् ।
डेढ महिना अघि (गत फागुन २६ गते ) पार्टीमा प्रवेश गरेका रौनीयारलाइ नै काँग्रेसले पुन मेयरको उम्मेदवार बनाएको हो । रौनीयारले सोमवार पोखरीया स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा मनोनयन पत्र दर्ता गराएका हुन् ।
यसअघि काँग्रेसले मेयरको उम्मेदवार पार्टीका पुराना नेतालाइ बनाउने तर नवप्रवेशीलाइ रौनीयारलाइ मेयरको टिकट नदिने भनेर निक्कै चर्चा चलाइएको थियो । तर रौनीयारले भने पार्टीले आफनो कामको मुल्यांकन गर्ने र मेयरको टिकट आफुलाइ नै दिने दाबी गर्दै आएका थिए ।

पर्साको पोखरीयाको मेयरमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका निवर्तमान मेयर दिपनारायण रौनीयार


सोमबार मनोनयन दर्ता गरेपछि प्रतिक्रिया दिदै रौनीयारले भने ,‘ पार्टीले अन्तत मेरो कामको मुल्यांकन गररेर उम्मेदवार बनाएको छ , अन्य आंकाक्षीहरु पनि यसमा सहमत हुनुहुन्छ , सबैले मिलेर पोखरीयामा काँग्रेसलाइ जिताउन लाग्छौ । यस्तै पोखरीयाको उपमेयरमा काँग्रेसबाट रहाना खातुनले उम्मेदवारी दिएकी छन् ।
एमालेबाट पोखरीयाको मेयरमा प्रधुमन चौहान र उपमेयरमा रुबि ठाकुरले उम्मेदवारी दिएकी छन् ।
जसपाबाट पोखरीयाको मेयरमा राजु साहले मनोनयन दर्ता गराएका छन् भने उपमेयरमा रेणु देवी साहको उम्मेदवारी परेको छ ।यसअघिको निर्वाचनमा उपमेयरमा निर्वाचित सल्मा खातुनको सटटा साहलाइ जसपाले उम्मेदवार बनाएको हो ।
बहुदरमाइ नगरपालिकाकोे मेयरमा नेकपा एमालेका तर्फबाट शीव पटेलले उम्मेदवारी दिएका छन् । त्यहा एमालेबाट उपमेयरमा सुस्मा कुमारी कुशवाहाले उम्मेदवारी दिएकि छन् ।काँग्रेसका तर्फबाट बहुदरमाइ नगरपालिकाको मेयरमा निवर्तमान मेयर नितेन्द्र साहले र उपमेयरमा सोनामति यादवले उम्मेदवारी दिएका छन् । जसपाको तर्फबाट भने मेयरमा सिंहासन साह तेलीले र उपमेयरमा शान्ति देवी कुशवाहाले उम्मेदवारी दिएकि छन् ।
पर्सागढी नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेसले निवर्तमान मेयर र निवर्तमान उपमेयरलाइ नै दोहोर्याएको छ । काँग्रेसबाट मेयरमा निवर्तमान मेयर लोकनारायण यादव र उपमेयरमा अर्चना चौधरीले उम्मेदवारी दिएकि हुन् । पर्सागढी नगरपालिकाको मेयरमा एमालेबाट गोकर्ण पाठक र उपमेयरमा पुजा चौधरीले उम्मेदवारी दिएकि छन् ।
पर्साको विन्दवासी गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट युवा नेता विवेक चौरसीयाले र उपाध्यक्षमा भने निवर्तमान उपाध्यक्ष किरण देवी गुप्ताले उम्मेदवारी दर्ता गराएकि छन् । विन्दवासी गाँउपालिकाको अध्यक्षमै पुर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीबाट युवा नेता मधुसुदन चौरसीयाले उम्मेदवारी दिएका छन् ।

विन्दवासी गाँउपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका नेपाल सुशासन पार्टीका युवा नेता मधुसुदन चौरसीया


जीराभवानी गाँउपालिकाको अध्यक्षमा काँग्रेसबाट अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरीले उम्मेदवारी दिएकि छन् । त्यहा एमालेबाट अध्यक्षमा दुइ जनाको उम्मेदवारी परेको छ । कुनाल महत्तो र रामप्रित महत्तोले एमालेबाट अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । उपाध्यक्षमा भने एमालेले निवर्तमान उपाध्यक्ष उषा चौधरीलाइ नै फेरि उम्मेदवार बनाएको छ । जीराभवानी गाँउपालिकाको अध्यक्षमै जसपाबाट विकाउ भण्डारी र उपाध्यक्षमा विन्दु देवी थरुनीको उम्मेदवारी परेको छ । माओवादी केन्द्रबाट भने अध्यक्षमा जय नारायण प्रसाद , लोसपाबाट अध्यक्षमा शम्भु यादव र नेपाल सुशासन पार्टीबाट अध्यक्षमा शीरोमणी सापकोटाको उम्मेदवारी परेको छ ।
धोबीनी गाँउपालिकाको अध्यक्षमा काँग्रेसका तर्फबाट बशिष्ठनारायण कुर्मी , एमालेबाट सदाम अहमद , माओवादी केन्द्रका सन्तोष पटेल , जसपाबाट मदन चौहान , लोसपाबाट ललन कुर्मीले उम्म्ेदवारी दिएका छन् । धोबीनी गाँउपालिकाको उपाध्यक्षमा पत्रकार आर के (राजाबाबु ) पटेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
कालीकामाइ गाउपालिकामा एमालेले अध्यक्षमा राजेश चौरसीया र उपाध्यक्षमा अंशु तिवारीलाइ उम्मेदवार बनाएको छ । त्यहा काँग्रेसबाट पालिका अध्यक्षमा अजय पटेलले उम्मेदवारी दिएका छन् ।
जगरनाथपुर गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट युवा नेता श्रीकान्त यादवले उम्मेदवारी दिएका छन् ।
यता वीरगन्ज महानगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा काँग्रेसबाट निवर्तमान वडा अध्यक्ष रामनगीना प्रसाद साह , जसपाबाट सुशील साह कानु , एमालेबाट अजय कुमार गुप्ताको उम्मेदवारी परेको छ ।

Related posts

कांग्रेस निकट मुस्लिम संघ पर्साकाे अधिवेशन भदाैं १६ गते

MadhesKhabar

जसपा पर्साको ४ वटै क्षेत्रका इन्चार्ज चयन

MadhesKhabar

सुशीला कार्कीकाे नाममा बालेन शाहकाे समर्थन

MadhesKhabar

Leave a Comment