वीरगन्ज,२३भदौंःपर्साको सखुवाप्रसौनी गाँउपालिकामा नेपाली कांग्रेसको अगुवा नेता–कार्यकर्ताको सहभागीतामा बृहत भेला सम्पन्न भएको छ ।
कोइलाभार मन्दिर प्रांगणमा आयोजित छलफलमा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य तथा पूर्व सांसद सुरेन्द्र चौधरीले कांग्रेसकै नेतृत्वमा मुलुकका हरेक राजनीतिक परिवर्तन भएकाले कांग्रेसप्रति जनताको भरोसा र साथ सदैव रहदैं आएको बताए । पछिल्लो समय केहि नेताको निहति स्वार्थका कारण कांग्रेसप्रति जनताको आकर्षण घटेपनि नेताहरुले आफनो आचरण सुधारे फेरि पार्टीप्रतिको लोकप्रियता फर्कने उनले बताए । पूर्व मन्त्रीसमेत रहेका चौधरीले गाँउ गाँउमा कांग्रेस फेरि पुग्नुपर्नेमा जोड दिदै यसका लागि भूई तहका कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए ।
छलफलमा सखुवा प्रसौनी गाँउपालिकाका कांग्रेसका तर्फबाट अध्यक्षका प्रत्याशी शैलेन्द्र यादवले अअब पालिकामा कांग्रेसले प्रतिपक्षको सशक्त भूमीका निर्वाह गर्ने बताए । जनताको समस्या सम्बोधनका लागि पालिकाका जनप्रतिनिधीहरुलाई खबरदारी गर्ने उनले बताए ।
कांग्रेसका पालिका सभापति जयराम महतोको अध्यक्षता तथा पूर्व मन्त्री चौधरीको प्रमुख आतिथ्यतामा भएको छलफलमा कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,क्षेत्रीय सभापति श्रीकृष्ण चौहान लगायतकोपनि सहभागीता थियो ।

