Madhes Khabar
राजनीति

गृह तथा कानुन मन्त्री बने ओमप्रकाश अर्याल

काठमाडौं,२९भदा‌ैं: प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा गृहमन्त्री ओमप्रकाश अर्याल बनेका छन् ।उनले कानुन मन्त्रीकाे पनि जिम्मेवारी पाएका छन् ।

अर्याल कानुन व्यवसायी हुन् । यसअघि विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनका कारण उनी चर्चामा थिए । पछिल्लो समय भने उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार बनेर काम गरेका थिए ।

यस्तै अर्थ मन्त्री रामेश्वर खनाल, र ऊर्जा मन्त्री कुलमान घिसिङ बनेका छन् ।

घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।

उनीहरूको शपथ ग्रहण भने भोलि(साेमबार)मात्रै हुने बताइएको छ । ‘भोलि बिहान शपथ हुन्छ,’ स्रोतले भन्यो ।

Related posts

सशस्त्र प्रहरीका असईको हत्या प्रकरणमा लोसपा नेता तथा पूर्व सांसद यादव पक्राउ

MadhesKhabar

राैतहट ३ मा प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

MadhesKhabar

उपेन्द्र यादवलाई झट्का : जसपा नेपालका केन्द्रीय सदस्यले छाडे पार्टी

MadhesKhabar

Leave a Comment