Madhes Khabar
राजनीति

गृह तथा कानुन मन्त्री बने ओमप्रकाश अर्याल

काठमाडौं,२९भदा‌ैं: प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा गृहमन्त्री ओमप्रकाश अर्याल बनेका छन् ।उनले कानुन मन्त्रीकाे पनि जिम्मेवारी पाएका छन् ।

अर्याल कानुन व्यवसायी हुन् । यसअघि विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनका कारण उनी चर्चामा थिए । पछिल्लो समय भने उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार बनेर काम गरेका थिए ।

यस्तै अर्थ मन्त्री रामेश्वर खनाल, र ऊर्जा मन्त्री कुलमान घिसिङ बनेका छन् ।

घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।

उनीहरूको शपथ ग्रहण भने भोलि(साेमबार)मात्रै हुने बताइएको छ । ‘भोलि बिहान शपथ हुन्छ,’ स्रोतले भन्यो ।

Related posts

चुनाव घोषणा लगत्तै जसपाका दुई केन्द्रीय सदस्य एमालेमा प्रवेश

MadhesKhabar

जसपा फुट्ने पक्का, अलग हुन उपेन्द्र र बाबुराम सहमत

MadhesKhabar

उर्मिला अर्यालले त्यागिन् माओवादी पार्टी

MadhesKhabar

Leave a Comment