Madhes Khabar
राजनीति

संसद चलाउनका लागि दलका शीर्ष नेताहरुबीच दुईबुँदे सहमति

काठमाडौ,६ भदौं : संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकमा सहभागी एक नेताका अनुसार दुई बुँदे सहमतिको मस्यौदा तयार भएको छ ।

उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको अर्को बैठक बुधबार नै अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।साभार : अनलाइनखबर

Related posts

जिपि कोईराला फाउण्डेसनको मधेस प्रदेशको संयोजकमा शाहाबुद्दिन मनोनित

MadhesKhabar

पर्साबाट जसपाले गरेको उम्मेदवार सिफारिसमा को को परे ?

MadhesKhabar

बारामा नेविसंघको समानान्तर समिति गठन

MadhesKhabar

Leave a Comment