Madhes Khabar
राजनीति

प्रमाण नपुगेपछि छुटे केपी ओली

काठमाडौं,२६चैतः प्रहरीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार परिवारको जिम्मा लगाएर छाडेको छ ।

उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो । तर, मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि छाडिएको हो ।

सर्वोच्चले उनीहरूविरूद्ध मुद्दा दायर गर्न वा चैत २६ गतेसम्ममा छोड्न आदेश दिएको थियो ।

Related posts

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री गुप्तालाई थुनामा राख्न विशेष अदालतको आदेश

MadhesKhabar

बारामा रास्वपाको तेस्रो जित, क्षेत्र नं. १ मा धिमाल विजयी

MadhesKhabar

पर्सा ४ मा काँग्रेसको चुनावी गतिविधी तिब्र , रिजाल प्रति जनलहर बढ्दै

MadhesKhabar

Leave a Comment