Madhes Khabar
राजनीति

राप्रपामा प्रवेश गर्ने रविन्द्र मिश्रको तयारी, लिङ्देन सरहको अध्यक्षको प्रस्ताव

मधेसखबर

वीरगन्ज,०१असार:  विवेकशीलसाझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन् ।

स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेसको अन्तिम गृहकार्यमा जुटेका हुन् ।

राप्रपाले दिने पदमा कुरा मिले मिश्र केहीदिनभित्रै उक्त पार्टी प्रवेस गर्ने निकट स्रोतको दाबी छ।

सुरुमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै हैसियतमा अर्को अध्यक्ष बनाउनुपर्ने प्रस्ताव मिश्रले राखेका थिए।

राप्रपाले त्यसलाई अस्वीकार गरेको जानकारी दिदै निकट एक नेताका अनुसार त्यसपछि सहअध्यक्षको प्रस्तावसहित मिश्र छलफल थिए ।

तर, राप्रपाले दुई अध्यक्ष वा सहअध्यक्ष दुबै बनाउन नसकिने जनाउँदै विवेकशील साझा पार्टी नै मर्ज हुने अवस्थामा उनलाई उपाध्यक्ष दिनेगरी छलफल अघि बढाइएको छ।

  • महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति नै बनाएर राप्रपा छलफलमा जुटेको छ। ।

Related posts

पर्सा–२ का रास्वपा उम्मेदवार कानुलाई आफनै वडामा मतदाताले गरे भव्य स्वागत र समर्थन

MadhesKhabar

पार्टी छोडेकाहरुलाई फर्केर आउन उपेन्द्र यादवको आग्रह

MadhesKhabar

सबै भन्दा कान्छा उम्मेदवार अनुज भन्छन् – भ्रष्टचार अन्त्य गर्नु नै मेरो पहिलो प्राथमिकता

MadhesKhabar

Leave a Comment