Madhes Khabar
राजनीति

पार्टी छोडेकाहरुलाई फर्केर आउन उपेन्द्र यादवको आग्रह

फाइल फाेटाे

काठमाडौं,४जेष्ठ: जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छोडेर गएकाहरूलाई आफ्नो पार्टीमा फर्कन आग्रह गरेका छन् ।

शुक्रबार आह्वान पत्र जारी गर्दै यादवले सबैलाई मूलधारको पार्टीमा फर्कन आग्रह गरेका हुन् ।

यादवले भनेका छन्, ‘जसपा नेपालबाट अलग भएर जानु भएका विभिन्न तह तप्काका साथीहरूलाई मूलधारमा फर्कन आह्वान गर्दछौं ।’

उनले जसपा नेपाल विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी भएको दाबी गरेका छन् । जसपा नेपाल समाजवादी आन्दोलन, पहिचान, संघीयता र गणतन्त्रका सवालमा प्रतिवद्ध रहेको यादवको भनाइ छ ।साभार:अनलाइनखबर

Related posts

प्रदीप यादवको कडा प्रश्न: “मैले काम गरेँ, अरूले के गरे?”

MadhesKhabar

एमाले परित्याग गरी मुकेश पाटेलसहित तीन जना नेपाली कांग्रेसमा प्रवेश

MadhesKhabar

रवि लामिछानेको पार्टीले प्रदेशसभा चुनावमा भाग नलिने

MadhesKhabar

Leave a Comment