Madhes Khabar
राजनीति

पर्सा–२ का रास्वपा उम्मेदवार कानुलाई आफनै वडामा मतदाताले गरे भव्य स्वागत र समर्थन

वीरगन्ज,१४फागुनःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्साको निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सुशील कुमार कानुलाई उनको आफनै वडामा भव्य स्वागत गरिएको छ ।

बिहीबार चुनावी घरदैलो गर्ने क्रममा वीरगन्ज महानगरपलिका वडा नम्बर १० का मतदाताको घरघमा पुग्ने क्रममा कानुलाई भव्य स्वागत र समर्थन गरिएको हो । बिहीबार कानुले वडा नम्बर १० को आदर्शनगर अशोकवाटिका र घडिअर्वामा घरदैलो गरेका हुन् ।

घरदैलोका क्रममा युवा उम्मेदवार कानुले वीरगन्जलाई कुशासनमुक्त बनाई व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । “चार दशकदेखि चल्दै आएको पुरानो राजनीतिक अभ्यासले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकेन,” उनले भने, “अब नयाँ राजनीतिक संस्कार र सुशासन आवश्यक छ । पर्सा देशकै महत्त्वपूर्ण औद्योगिक तथा व्यापारिक जिल्ला हो, तर निर्वाचित सांसद तथा मन्त्रीहरूको बेवास्ताका कारण विकास पछाडि परेको छ ।”

उनले क्षेत्रको सडक, पूर्वाधार, व्यापार–व्यवसायको अवस्था जीर्ण रहेको उल्लेख गर्दै निर्वाचित भएपछि सङ्घीय, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय गरी योजनाबद्ध विकास अघि बढाउने बताए । विशेष गरी पर्साको औद्योगिक सम्भावनालाई ध्यानमा राखेर ठुला विकास आयोजना सञ्चालन गर्ने उनको दाबी छ ।

 

Related posts

अब बन्ने काँग्रेस नेतृत्व सरकारको पहिलो काम नागरिकता समस्याको सामधान : अजय चौरसिया

MadhesKhabar

प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेका छन् : उपेन्द्र यादव

MadhesKhabar

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्च अदालतको अल्पकालीन आदेश

MadhesKhabar

Leave a Comment