Madhes Khabar
राजनीति

चुनावमा अन्तर्घात गरेका ५ केन्द्रिय सदस्यलाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय

काठमाडौं, ९ असार : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिले निर्वाचनमा अन्तर्घात गर्ने पाँच जनालाई निष्कासन गर्ने निर्णय गरेको छ।

शनिबार काठमाडौंमा बसेको केन्द्रिय समितिको बैठकले निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो।

साथै बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको छ। उक्त अनुमोदित विधानको मस्यौदा आइतबारदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने छ।

सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोह जस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षार्थ गठित पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ।

Related posts

ओली र लेखकविरुद्धको जाहेरी लिन प्रहरी भयो तयार !

MadhesKhabar

गठबन्धनका लागि एमालेसंग पनि कुरा भइरहेको छ : महन्थ ठाकुर

MadhesKhabar

मेयरको सपथग्रहणमा सहभागी हुन जसपाका अध्यक्ष उपेन्द्र यादव वीरगन्जमा

MadhesKhabar

Leave a Comment