
मधेसखबर
वीरगन्ज,१२,जेठःमधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जका नवनिर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष र अन्य जनप्रतिनिधिहरुले बिहीबार सपथ ग्रहण गर्दैछन् ।
शपथग्रहण समारोह वीरगन्जको पुरानो बसपार्क परिसरमा बिहीबार साँझ ५ बजे देखि शुरु हुनेछ ।
गठबन्धनबाट जसपाका नवनिर्वाचित मेयर राजेशमान सिंह र नेपाली कांग्रेसका उपमेयर इम्तियाज आलम सहितका जनप्रतिनिधीहरुले सपथ लिने सपथग्रहण समारोहमा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवका साथै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतका उच्चपदस्थ व्याक्तिहरु पनि सहभागी हुने भएका छन् ।त्यसका लागि अध्यक्ष यादव , बिहीबार अपरान्ह वीरगन्ज आइ सकेको जसपा नेता एंव सांसद प्रदीप यादवले जानकारी दिए ।
महानगरका नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ लिने सपथ ग्रहण समारोहमा महानगरवासीलाइ सहभागी भइ दिन गठबन्धनका दल र वीरगन्ज महानगरपालिकाको कार्यालयले सार्वजनिक अपिल नै गरेको छ ।
सपथ ग्रहण पश्चात नवनिर्वाचित मेयर सिंह र उपमेयर आलमले बिहीबार नै महानगरपालिकाको कार्यालयमा पुगेर पदभार ग्रहण पनि गर्ने कार्यक्रम रहेको महानगरपालिकाको कार्यालयले जनाएको छ ।वीरगन्ज महानगरका ३२ वटा वडा मध्ये जसपाले १३, कांग्रेसले ९, नेकपा एमालेले ८ र लोसपाले २ वटा वडामा वडाअध्यक्ष जितेको छ ।

