Madhes Khabar
राजनीति

गठबन्धनका लागि एमालेसंग पनि कुरा भइरहेको छ : महन्थ ठाकुर

मधेसखबर
वीरगन्ज,१२असार : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संघ र प्रदेशको निर्वाचनमा चुनावी गठबन्धनका लागि नेकपा एमालेसँग पनि सम्वाद भइरहेको बताएका छन् ।

 

काठमाण्डौमाा आइतबार लोक दलसँग भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै लोसपा अध्यक्ष ठाकुरले भने, ‘ चुनावी गठबन्धनका लागि एमालेसँग पनि कुराकानी भइरहेको छ , म आफैंले एमालेका नेताहरुसंग दुई पटक भेटेको छु, अरु नेताहरुले पनि कुराकानी गर्नु भएको छ ,तर निर्णय भइसकेको छैन ।

उनले गठबन्धनका लागि नेपााली काँग्रेसका नेताहरुसंग पनि पटक पटक छलफल भइरहेको तर निर्णय भने भइनसकेको बताए ।ठाकुरले भने ,‘ कांग्रेस नेतृत्वको गठबन्धनसंग पनि छलफल चलिरहेको छ , तर अहिलेसम्म कुनै निर्णय भएको छैन , अहिले सम्म लोसपा कुनै गठबन्धनमा गएको छैन ।

Related posts

मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै गौरमा ७ दलको प्रदर्शन

MadhesKhabar

काेशीका मुख्यमन्त्री थापा पदमुक्त, नयाँ सरकार बनाउन सर्वोच्चको परमादेश

MadhesKhabar

बाबुराम भन्छन् : जसपा हामीले जन्माएको हो तर उपेन्द्रले पार्टी संकटमा पारे

MadhesKhabar

Leave a Comment