Madhes Khabar
राजनीति

मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै गौरमा ७ दलको प्रदर्शन

वीरगन्ज,२७ कात्तिक : मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सरोज कुमार यादवलाई पदबाट बर्खास्त गर्न माग गर्दै आन्दोलनरत ७ दलले बिहीबार रौतहटको गौरमापनि प्रदर्शन गरेका छन् ।

यादवको असंवैधानिक नियुक्तिको खारेजको माग गर्दै आन्दोलनरत एमाले बाहेकका दललहरुले बिहीबार गौरस्थित बिहिवार घण्टाघर नजिकको सडकमा टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेको लोसपाका मधेस प्रदेश सचिव ओम लोक पटेलले जानकारी दिए ।
प्रदर्शनमा सहभागीहरुले तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) को गलत प्रयोग गरी एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको र शपथग्रहणलाई मध्यराति होटेलमा गराएकोले मुख्य मन्त्रीको पद खारेजीको माग गरे ।प्रदर्शनको क्रममा असंबैधानिक मुख्य मन्त्री राजीनामा दे,एमाले पार्टी मुर्दाबाद भन्ने नारापनि उनिहरु लगाएका थिए।

प्रदर्शनमा नेपाली काङ्ग्रेसका रौतहट जिल्ला सभापति सुनिल यादव, लोसपा पार्टीका उपाध्यक्ष बाबुलाल साह, सहमहामन्त्री अनिल सिंह, मधेस प्रदेश सचिव ओम लोक पटेल,नेकपा (एकीकृत समाजवादी)का नेता एवं केन्द्रीय सदस्य रेवन्त झा,नेकपा (माओवादी केन्द्र) का गौर नगर अध्यक्ष चन्देश्वर राउत,नेपाली काङ्ग्रेसका –१ न क्षेत्रीय अध्यक्ष श्री राम यदव, गौर नगर अध्यक्ष मोहन यादव,जनमत पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमसैद ,जसपाका नेता तथा पूर्व राज्यमन्त्री योगेन्द्र यादव ,किरण ठाकुर लगायतकाको सहभागिता थियो।

 

Related posts

पकहाँ मैनपुर गाउँपालिकाका युवाहरु एकजुट भएर भ्रष्टचारीहरुलाई तह लगाउनु पर्छ : युवा नेता साह

MadhesKhabar

वीरगन्जका नवनिर्वाचित मेयर राजेशमानको राजनीतिक यात्रा – वडा सदस्य देखि मेयर सम्म

MadhesKhabar

शेखर कोइराला गगन थापासंग मिलेर अघि बढ्ने सहमति भइसक्यो : डा. सुनिल शर्मा

MadhesKhabar

Leave a Comment