काठमाडौं,४माघ: नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले वरिष्ठ नेता शेखर कोइराला गगन थापासंग मिलेर अघि बढ्न सहमत भइसकेको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित कांग्रेस शेखर कोइराला समूहको भेलामा सहभागी भएका शर्माले उक्त दाबी गरेका हुन् । नेता शर्माले कांग्रेस पार्टीका लागि सर्वश्वहरणमा परेका कोइराला परिवारका कुनै पनि सदस्य पार्टीलाई एकताबद्ध बनाएर लैजान जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए । उनले वरिष्ठ नेता कोइरालाले निर्वाचन आयोगले आधिकारिता दिएको कांग्रेस र देउवा पक्षलाई एकताबद्ध बनाउन सफल हुने समेत बताएकाे जानकारी दिए ।
नेता शर्माले कांग्रेस सभापति थापा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने लागि परेको बताए ।उनले निर्वाचनमा विजयी हुनलाई पनि कांग्रेसका सबै समूह गगन थापा नेतृत्वमा एकताभएर अघि बढ्नुको विकल्प नरहेको समेत बताए ।

