Madhes Khabar
राजनीति

ठोरीको विजयबस्ती, निर्मलबस्ती र शिकारीबासमा पर्सा–४ का कांग्रेस उम्मेदवार रिजालको शक्ति प्रदर्शन

वीरगन्ज,११ फागुनःपर्सा क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले सोमबार ठोरी गाउँपालिका वडा नम्बर–४ मा घरदैलो गर्दै शक्ति प्रदर्शनपनि गरेका छन्।

वडा नम्बर ४ मा पर्ने विजयबस्ती, निर्मलबस्ती, मालीटोल र शिकारीबासमा पुगेर उम्मेदवार रिजालले स्थानीय मतदातासँग भेटघाट गर्दै उनिहरुसंग संवादपनि गरे।उनले जनताका समस्या, आवश्यकता र सुझावहरू सुन्दै आफु विजयी भएपछि ती मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय बासिन्दाले विभिन्न विकास निर्माण, सडक पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवासम्बन्धी समस्या राख्दै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए। रिजालले विगतदेखि नै जनतासँग नजिक रहेर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको सेवामा समर्पित रहने बताए।

 

Related posts

किसान श्रेष्ठलाई उम्मेदवार बनाए भाेट नदिने बाराका काँग्रेस नेताहरुकाे चेतावनी

MadhesKhabar

२५ वटा काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी छ : गृहमन्त्री लामिछाने

MadhesKhabar

वीरगन्ज जसपाको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना, वनमन्त्री यादवद्वारा उद्घाटन

MadhesKhabar

Leave a Comment