Madhes Khabar
राजनीति

२५ वटा काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी छ : गृहमन्त्री लामिछाने

रवि लामिछाने ।फाइल तस्बिर

काठमाडौं,१७असारः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन् ।

‘कुनै पनि कालखण्डमा भएकाहरुमध्ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नको निम्ति शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छु’ गृहमन्त्री लामिछानेले भने ।भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको उनले बताए ।

‘कोही पनि बेचैन हुनु पर्दैन । भ्रष्टाचारका कोही पनि मानिसहरु संलग्न छन् भने त्यसमा निर्मम भएर कारबाही गरिन्छ । त्यो आँट त्यो साहसका साथ हामी प्रस्तुत भएका छौं’ उनले भने ।साभारः अनलाइनखबरबाट

Related posts

उपमेयर रम्भा मिश्राको चुनावी वाचा – महिला सशक्तिकरण , वीरगन्ज बजार २४ सै घण्टा खुल्ला राख्ने

MadhesKhabar

प्रचण्ड सरकारलाई समर्थन नगर्ने जनमत पार्टीको निर्णय

MadhesKhabar

प्रधानमन्त्री ओली पुस २५ गते चारदिने भारत भ्रमणमा जाने

MadhesKhabar

Leave a Comment