
मधेसखबर
वीरगन्ज , २३ बैशाख :वीरगन्ज महानगरको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी रम्भा मिश्राले पनि आफनो चुनावी घोषणा पत्र सार्वजनिक गरेकि छन् ।
शुक्रबार वीरगन्जको होटल कुमु प्यालेशमा पत्रकार सम्मेलन गरेर उपमेयर उम्मेदवार मिश्राले आफनो चुनावी घोषणापत्र सार्वजनिक गरेकि हुन् ।
मिश्राको चुनावी घोषणापत्रमा महिला सशक्तिकरण देखि महानगरको भौतिक पुर्वाधार निर्माण , शिक्षा , स्वास्थ्य , युवा तथा बालबालिका , कृषि , सरसफाइ , सामाजिक न्याय , उद्योग पर्यटनका विषयहरु प्राथमिकतामा राखिएका छन् ।
वीरगन्ज महानरपालिकाको विकासका लागि मेरो संकल्प पत्र नामक उनको चुनावी घोषणापत्रमा महिलाको विषयले पहिलो प्राथमिकता पाएको छ ।
उनले महिला सशतिmकरणका लागि विभिन्न सिपमुलक तालिम तथा प्रशिक्षणहरुको आयोजना गर्ने , हरेक वडाका कम्तिमा ५ सय महिलालाई सिपमुलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने , गरीब , दलित एंव अति विपन्न परिवारका छोरीहरुको विवाहका लागि आवश्यक सहयोग गर्ने वाचा गरेकि छन् ।
यस्तै साुमदायिक विधालयहरुलाई छात्रा मैत्री बनाउन पहल गर्ने , छात्राहरुलाई आत्मसुरक्षाका लागि तालिम प्रदान गर्ने , हरेक वडामा एमबिबिएस सहितको स्वास्थ्य चौकी र प्रसुती गृहको स्तरोन्न्ती स्थापनाका लागि पहल गर्ने , हरेक वडामा निशुल्क एम्बुलेन्स सुविधाका लागि पहल गर्ने ,विपन्न परिवारकी सुत्केरी महिलालाई पोषणका लागि ३ महिनासम्म प्रती महिना ५ हजारको दरले सुत्केरी भत्ता उपलब्ध गराउने बुदा मिश्राको घोषणापत्रमा उल्लेख छ ।
प्रत्येक टोलमा युवाहरुको फिट्नेसका लागि निशुल्क फिट्नेश क्लबको स्थापना गर्ने , प्रत्येक वडामा निशुल्क व्यवस्थित सार्वजनिक शौचालय निर्माण गर्ने ,सरसफाईमा लागि रहेको शुल्क पुर्ण रुपमा हटाउने , न्यायिक समितिलाई जनमैत्री बनाउन घरदैलोमा नियमित सुनुवाई र छलफल आयोजना गर्ने बुदा पनि घोषणापत्रमा समावेश गरिएको छ ।
करको दायरा घटाउने , वीरगन्ज बजार २४ सै घण्टा सुचारु राख्ने , किसानका लागि नियमित तालिमको आयोजना गर्ने , सहज विउविजन र मलखादको उपलब्धताका लागि ठाँउ ठाउँमा सुपथ मुल्यको डिपो स्थापनाका लागि पहल गर्ने , नारायणी अस्पताललाई शिक्षण अस्पतालमा स्तरोन्न्ती गर्न पहल गर्ने , ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविधालयको रुपमा स्तरोन्नती गर्न पहल गर्ने बुदा पनि रम्भा मिश्राको चुनावी घोषणा पत्रमा लेखिएको छ ।

